Logo

फेसबुकले बदल्यो आफ्नो नाम, जुकरबर्गले दिए नाम परिवर्तनको यस्तो कारण

फेसबुकले बदल्यो आफ्नो नाम, जुकरबर्गले दिए नाम परिवर्तनको यस्तो कारण



काठमाडौँ । फेसबुकले आफ्नो मुख्य कम्पनीको नाम परिवर्तन गरेको छ । कम्पनिका प्रमुख मार्क जुकरबर्गले अब फेसबुकको मुख्य कम्पनीको नाम ुमेटाु हुने घोषणा गरेका छन् । मुख्य कम्पनिको नाम मेटा अन्तर्गत अब फेसबुक, इन्स्टाग्राम, म्यासेन्जर, ह्वाट्स एप रहने छन् । कर्पोरेट नाम परिवर्तन भएपनि सामाजिक सञ्जालका नाम भने परिवर्तन हुने छैनन् ।

फेसबुकले लगातार कम्पनीको बारेमा नकारात्मकता फैलिए पछि रि(ब्राण्डिङको योजना अन्तर्गत मुख्य कम्पनीको नाम परिवर्तन गरेको हो । मार्क जुकरबर्गले मेटा नामको घोषणा गर्दै अहिलेको नामले आफुहरुले गरिरहेको सबै कामको प्रतिनिधिन्त्व नगर्ने भएकाले नयाँ नाम राखेको बताएका छन् । उनले नयाँ नामले समयक्रम सँगै आफ्नो प्रभाव देखाउने बताउदै प्रयोगकर्ताले फेसबुक प्रयोग गर्न कम्पनिका अन्य सेवा प्रयोग गर्न नपर्ने बनाउने बताए ।

योसँगै कम्पनिले आफ्नो नयाँ लोगो पनि सार्बजनिक गरेको छ । फेसबुकमाथि अहिले पैसा कमाउन अनैतिक काम गरेको, गलत कुरालाई प्रोत्साहन दिएको, हिंसा रोक्न असफल भएको, प्रयोगकर्ताको सुरक्षालाई ध्यान नदिएको र प्रयोगकर्ताको सूचना बेचेर पैसा कमाएको जस्ता आरोप लागेको बेला नयाँ नाम दिएर कम्पनिलाई अगाडि बढाउने प्रयास गरिएको बताइएको छ ।–एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL