Logo

यामाहा ‘महा एक्सचेन्ज मेला’ ले जगायो आकर्षण : दुई दिनमै साढे ३ सय मोटरसाइकल तथा स्कुटर विक्री (फोटोफिचर)

यामाहा ‘महा एक्सचेन्ज मेला’ ले जगायो आकर्षण : दुई दिनमै साढे ३ सय मोटरसाइकल तथा स्कुटर विक्री (फोटोफिचर)



काठमाडौं । नेपालमा यामाहाका दुई पाङग्रे सवारीले युवा पुस्ताको विशेष मन जित्दै आएका छन् । यामाहाका विभिन्न मोटरसाइकल तथा स्कुटरहरुले नेपालमा लोकप्रिय सवारीका रुपमा स्थान पनि बनाएका छन् । यसैक्रममा नेपालीहरुको महान पर्व दशैंको पूर्वसन्ध्यामा यामाहाले शुक्रबारदेखि ‘महा एक्सचेन्ज मेला’ शुरु गरेको छ ।

यामाहाले हरेक वर्ष गर्ने यस्तो मेलामा ठूलो आकर्षण रहने गरेको छ । जुन आकर्षण यो मेलामा पनि स्पष्ट देख्न सकिन्छ । मेलामा २ दिनमै साढे ३ सय मोटरसाइकल स्कुटर विक्री भएको तथ्यांकले पनि यसलाई पुष्टि गर्छ । नेपालमा यामाहाका २ पांग्रे सवारीसाधनको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजका अनुसार मेला सुरु भएको दिन शुक्रबार र शनिबार मात्रै मेलामार्फत ३५० बढी सवारीसाधन विक्री भएका हुन् । कम्पनीले शुक्रबारदेखि पुरानो सवारीसाधनसँग नयाँ सवारी साधन साट्न पाइनेगरी उक्त मेला सुरु गरेको थियो ।

जसमा ८ हजार देखि १ लाखसम्म नगद छुट, पुरानो बाईकमा शोरुमले दिएको मूल्यमा कम्पनीबाटै थप १० हजार रुपैयाँ भ्यालु एड, फ्रि एसेसरीजलगायतका सुविधाहरु दिएको छ । सोही सुविधाहरुका कारण मेलामा ग्राहकको आकर्षण बढेको एमएडब्लुका प्रमुख कार्यकारी अधिकृत राजु क्षत्रीले बताए । उनका अनुसार नेपालभर यामाहाका प्रतिदिन १ सय हाराहारीमा २ पांग्रे विक्री हुँदै आएको छ । तर, मेलामा भने आकर्षण बढ्दो छ । मेलामा ५० हाराहारीमा शोरुमहरु सहभागी रहेका छन् ।

उक्त शोरुमहरुमा मूल्यांकन गराएर ग्राहकले आफ्नो पुरानो बाईक वा स्कुटरको उचित मूल्य पाउन सक्छन् । अर्थात एउटा शोरुममा ५० हजार भनेको भए अर्को शोरुममा ५३ हजार पाईन सक्छ । सोहीअनुसार ग्राहकले एकै स्थानमा सबै शोरुमहरु भएपछि आफ्नो बाईकको उचित मूल्यका लागि सबैतिर धाउनुपर्ने समस्या नरहेको क्षत्री बताउँछन् ।

‘५० बढि शोरुमहरु एकै स्थानमा भएपछि ग्राहकले आफ्नो पुरानो बाईकको उचित मूल्य पाउनेमा हामी विश्वस्त छौं,’ उनले भने, ‘तर हामीहरु भने शोरुमले दिएको मूल्यमा थप १० हजार रुपैयाँ थपिदिन्छौं, यही नै मेलाको आकर्षण हो ।’ उनका अनुसार मेलामा नयाँ बाईक स्कुटर किन्ने भन्दा पनि पुरानो बाईक ल्याएर एक्सचेन्ज गर्नेको भीड बढी छ । हालसम्म विक्री भएका बाईकहरुमध्ये ९० प्रतिशत एक्सचेन्ज भएका छन भने बाँकी नयाँ बाईक लिनेको संख्या हो ।

प्रतिक्रिया दिनुहोस्
MBL