काठमाडौं । सरकारले राजनीतिक कोटामा नियुक्ति गरेका सबै राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैंठकले उक्त निर्णय गरेको हो ।
तत्कालिन समयमा केपी ओली सरकारले अमेरिका, बेलायत, चीनलगायतका देशमा राजनीतिक कोटाबाट राजदूत नियुक्त गरेको थियो ।
धानमन्त्री देउवा सरकारको उक्त निर्णयसँगै त्यसरी नियुक्त गरिएको राजदूतहरु फिर्ता हुनेछन् ।