Logo

राष्ट्र बैंकको प्रतिवेदनमा घट्यो महंगी, जनताले भने महसुस गरेनन्

राष्ट्र बैंकको प्रतिवेदनमा घट्यो महंगी, जनताले भने महसुस गरेनन्



काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७७७८ को वार्षिक तथ्याङ्कमा आधारित) नेपालमा महँगी घटेको देखिएको छ । राष्ट्र बैंको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७–७८ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.६० प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ६.१५ प्रतिशत रहेको थियो ।

यस्तै २०७८ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । २०७७ असारमा यस्तो मुद्रास्फीति ४.७८ प्रतिशत रहेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७७/७८ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ५.०० प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा उक्त समूहको मुद्रास्फीति ८.१६ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ३.३३ प्रतिशत, तराईमा ३.६८ प्रतिशत, पहाडमा ३.८७ प्रतिशत र हिमालमा २.८७ प्रतिशत रहेको छ।

अघिल्लो आर्थिक वर्षमा यस्तो मुद्रास्फीति क्रमशः ६.९६ प्रतिशत, ६.२९ प्रतिशत, ५.१० प्रतिशत र ४.९१ प्रतिशत रहेको थियो । तर, नेपाली जनताले भने बजारमा महँगी घटेको महसुस गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
MBL