Logo

प्रत्येक प्रदेशमा एक औद्योगिक क्षेत्र

प्रत्येक प्रदेशमा एक औद्योगिक क्षेत्र


रक्षा रेग्मी
0
Shares

काठमाडौं । सरकारले सात ओटै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने भएको छ । सातै विकास क्षेत्रको कम्तिमा १ \१ ओटा औद्योगिक क्षेत्र स्थापना गर्न लागिएको उद्योग विभागका महानिर्देशक महेश्वर नयौपानेले बताए । ‘हामीले एक प्रदेशमा कम्तिमा १ हजार विघामा एउटा औद्योगिक क्षेत्र स्थापना गर्ने योजना बनाएका छौं,’ उनले भने ‘ औद्योगिक क्षेत्रका लागि जग्गा खोज्न सम्भाव्यता अध्ययन भइरहेको छ ।’

न्यौपानेका अनुसार कुनै स्थनमा १ हजार विघाभन्दा बढी जग्गा प्राप्त गर्न सकिन्छ ।  उपयुक्त स्थानमा जग्गा खोज्नका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई जिम्मा दिइएको छ । उसले जग्गा उपलब्ध गराएसँगै विभागले औद्योगिक क्षेत्र स्थपना गर्ने जानकारी दिएको छ ।

औद्योगिक व्यवस्थापन लिमिटेडले भने जग्गा खोजीका लागि प्रस्ताव तयार पारिएको जानकारी दिएको छ । ‘हामीले प्रस्तव तयार पारेर मन्त्रालयमा बुझाउन लागेका छौं,’ लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले भने, ‘ मन्त्रालयबाट उक्त प्रस्ताव स्वीकृत भएसँग जग्गा खोजी गर्ने छौं ।’

लिमिटेडका अनुसार औद्योगिक क्षेत्र स्थापनाको लागि विस्तृत परियोजना अध्ययन(डिपीआर) गर्न मात्र १ करोड रुपैयाँ खर्च हुने छ । सो खर्च उपलब्ध गराउनका लागि नेपाल सरकारसँग माग गरिएको वस्नेतले जानकारी दिए । साथै २०७३ को असार सम्ममा जग्गा खोजी सकिने समेत उनले बताए ।

मुलुकमा औद्योगिक वातावरण निर्माण गरी खस्कँदो आर्थिक अवस्थालाई उकास्ने उद्देश्यका साथ यस्तो निणर्य गरिएको विभागका महानिर्देशक न्यौपानेले जानकारी दिए ।

जग्गा प्राप्ति सहित अन्य पूर्वाधार निर्माण कार्यलाई उद्योग मन्त्रालयले अगाडि बढाउनेछ । ओद्योगिक क्षेत्रको स्थापनाले प्रत्येक प्रदेशको उद्योग÷व्यवसायको प्रवद्र्धनमा प्रत्यक्ष सहयोग पुग्ने बताइएको छ ।

यस्ता स्थानमा जलविद्युत पानी, बाटो, सुरक्षालगायतका सबै प्रकारमका पूर्वाधारको व्यवस्था हुने र राज्यले नै विशेष सहुलियतको व्यवस्था गर्ने भएकाले यसतर्फ उद्यमी÷व्यवसायीको समेत आकर्षण बढ्ने विश्वास उनको छ ।

हाल काठमाडौं उपत्यकाको बालाजु, पाटन र भक्तपुर तथा वीरेन्द्रनगर, बुटवल, धनगढी, धनकुटा, धरान, हेटौंडा, नेपालगन्ज, पोखरा र राजविराजमा गरी मुलुकभर जम्मा १२ स्थानमा ओद्योगिक क्षेत्र सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL