Logo

सामान्य अंकले बढेको नेप्सेमा कारोबार रकम १० अर्ब बढी, लगानीकर्ताको आकर्षण लघुवित्त र जलविद्युतमा

सामान्य अंकले बढेको नेप्सेमा कारोबार रकम १० अर्ब बढी, लगानीकर्ताको आकर्षण लघुवित्त र जलविद्युतमा



काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले उकालो लागेको छ । बजार खुलेको केहि समय एकाएक उकालो लागेर ३१ सयको विन्दु पार गरेको नेप्से कारोबारको अन्तिम समयसम्म ४ अंकको वृद्धिसँगै ३ हजार ८५ अंकमा अड्किएको हो ।

बजारमा २ सय २६ कम्पनीका २ करोड १८ लाख कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने १० अर्ब ९८ करोड रुपैयाँ नाघेको छ । आज बजारमा समुहगत कारोबारमा ५ समुह उकालो लाग्दा ८ समुहको परिसुचक ओरालो लागेको छ । जसमा सबैभन्दा बढि गिरावट बीमा समुहको हुँदा सबैभन्दा बढि वृद्धि भने लघुवित्तको भएको देखिन्छ ।

बजारमा कारोबार भएका कुल कम्पनीमध्ये आज ८६ कम्पनीको सेयरमूल्य बढ्दा ९३ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । जसमा घलेम्दी जलविद्युत, गुराँस लघुवित्त, फर्स्ट माईक्रोफाईनान्स र युनिभर्सल पावर कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको थियो । यस्तै आज सबैभन्दा धेरै कारोबार भने अरुण कावेली पावर लिमिटेड, युनिभर्सल पावर कम्पनी र फर्स्ट माईक्रोफाईनान्सको भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL