Logo

नियामकलाई थाहै नदिइ सुटुक्क बेचियो एनसेल

नियामकलाई थाहै नदिइ सुटुक्क बेचियो एनसेल


रामराजा श्रेष्ठ
0
Shares

काठमाठौं । टेलिकम्युनिकेशन ग्रूप टेलियासोनेराले नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणलाई जानकारी नै नदिई एनसेलमा रहेको उसको बुहमत सेयर विक्री गरेको छ । दुरसञ्चार ऐन २०५३ अनुसार कुनै अनुमतिपत्र को बिक्री अथवा हस्तान्तरण गर्दा प्राधिकरणलाई जानकारी गराउनु पर्ने व्यवस्था भएपनि टेलियासोनेराले मलेसियन कम्पनी एक्जियटासँग आपसि सहमति गरेर सेयर बिक्री गरेको हो । ‘ऐनको दफा २७ अनुसार कुनै पनि अनुमतिपत्रको विक्री वा कुनै पनि प्रकारले हस्तान्तरण गर्दा दुवै पक्षले प्राधिकरणमा जानकारी दिनुपर्छ,’ प्राधिकरणका प्रवक्ता मिनप्रसाद आचार्यले भने, ‘तर, हालसम्म किनबेचको सम्बन्धमा कुनै जानकारी आएको छैन ।’

कम्पनी बेच्नु अघि रायको लागि उद्योग विभागमा जानकारी दिनुपर्ने भएपनि हालसम्म कुनै पनि प्रकारको जानकारी नआएको विभागका महानिर्देशक महेश्वर न्यौपानेले बताए । ‘टेलियासोनेराले आफ्नो सेयर विक्री गर्नुभन्दा पहिला त्यसको वारेमा विभागमा जानकारी गराउनु पर्छ,’ उनले भने, ‘तर, हालसम्म यस विषयमा कुनै जानकारी आएको छैन ।’

टेलियासोनेराले दुवै नियाकम निकाय उद्योग विभाग तथा नेपाल दूरसञ्चार प्राधिकरणलाई कुनै जानकारी नदिई एनसेलको ६० दशमलव ४ प्रतिशत हिस्सा एक्जियटालाई बेचेको छ । टेलियासोनेराले आफ्नो ६० प्रतिशतहिस्साको १ अर्ब ३ करोड अमेरिकी डलर अर्थात १ खर्ब ३ अर्ब रुपैयाँमा विक्री गरेको जानकारी दिएको छ ।

उद्योग विभागका महानिर्देशक त्यौपानेका एनसेलको चुक्ता पुँजी ११ करोड रुयौयाँ रहेको छ भने कुल पुँजी १७ अर्ब रुपैयाँ रहेको छ । वाहिर जतिमा किनेवेच भएपनि विभागमा भएको पूँजीको आधारमा मात्र खरिदविक्री हुने उनले जानकारी दिए । ‘विभागमा जुन लगत पेश गरेको छ सोही आधारमा मात्र किनबेच गर्न सकिन्छ,’ उनले भने, ‘कानुनी रुपमा विभागमा भएको पुँजीभन्दा बढीमा खरिदविक्री गर्न पाइनेछैन ।’

एनसलेले राम्रो नाफा आर्जन गरेपनि कानुनी प्रक्रिया पुरा नगरेको भन्दै नियामक निकायले लाभांस वितरणमा रोक लगाएको छ । एनसेलले २०६८ सालयता आफ्नो नाफाको लाभांस वितरण गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्