Logo

तीन सचिवको सरुवा, अर्थको जिम्मा मधु मरासिनीलाई

तीन सचिवको सरुवा, अर्थको जिम्मा मधु मरासिनीलाई



काठमाडौं । सरकारले अर्थसचिवमा मधुकुमार मरासिनीलाई ल्याएको छ । तत्कालिन अर्थ सचिव शिशिरकुमार ढुंगानलाई सरुवा गर्दै सरकारले मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिएको हो ।

मरासिनी यसअघि महालेखा नियन्त्रक रहेका थिए । उनलाई साउन १२ गते बसेको बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा सरुवा गरेको हो ।

यसैगरी यसअघि अर्थसचिव रहेका शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानेको छ ।

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई पनि सरुवा गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा लगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL