Logo

नेप्सेमा १५ अंकको वृद्धि, कारोबार रकम १३ अर्ब २९ करोड

नेप्सेमा १५ अंकको वृद्धि, कारोबार रकम १३ अर्ब २९ करोड



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १५ अंकले उकालो लागेको छ । बिहानैदेखि थपघट भईरहेको परिसुचक कारोबारको अन्तिम समयमा १५ दशमलव ४० अंकले वृद्धि भई ३०९४ विन्दुमा गएर रोकिएको हो ।

आज बजारमा २ सय १९ कम्पनीका २ करोड ८१ लाख ७० हजार १ सय ७२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५ सय ३५ रुपैयाँ पुगेको हो । आज बजारमा कारोबार भएका १३ समुहमध्ये ४ समुहको परिसुचकमा गिरावट आउँदा अन्य ९ समुहको परिसुचकमा भने वृद्धि देखिएको छ ।

नेप्सेका अनुसार आज सबैभन्दा बढि निर्जिवन बीमा समुहको परिसुचकमा ४ सय ४९ अंकको वृद्धि देखिँदा जिवन बीमा समुहको परिसुचकमा ४३१ अंकको वृद्धि आएको छ । यस्तै आज होटल तथा पर्यटन समुहको परिसुचक पनि २५७ अंकले उकालो लागेको हो ।

कारोबार भएका कम्पनीहरुमध्ये आज १ सय ९ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ७३ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । यस्तै १ कम्पनकिो सेयरमूल्य भने तटस्थ रहेको नेप्सेले जानकारी दिएको छ ।

आज नारायणी विकास बैंक, मल्टीपर्पाेज वित्त कम्पनी र चन्द्रागिरी हिल्सको सेयरमूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL