Logo

५१ कम्पनीको सेयर डिम्याट हुन बाँकी, हालसम्म २५ करोड कित्ता डिम्याटमा

५१ कम्पनीको सेयर डिम्याट हुन बाँकी, हालसम्म २५ करोड कित्ता डिम्याटमा


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससि)ले आगामी माघ १ गतेदेखि सेयरको अभौतिक कारोवार (डिम्याट गरिएका) मात्र हुने भएकाले सुचिकृति भएका कम्पनीलाई तत्काल डिम्याट गर्न आग्रह गरेको छ । हाल सम्म १ सय २६ वटा कम्पनीको सेयर डिम्याट भएको बताउँदै अन्य कम्पनीलाई पनि पुस मसान्त भित्रै सो कार्य सक्न निर्देशन दिएको छ । ‘हाल कुल कारोवार हुने कम्पनीमध्ये ८८ प्रतिशतभन्दा बढीको सेयर डिम्याट भइसकेको छ,’ सीडीएससिका अध्यक्ष सिताराम थपलियाले भने, ‘रेलुगल कारोवार हुने कम्नपीमध्ये १२ प्रतिशतको मात्र डिम्याट हुन बाँकी भएकाले पुस भित्र सो कार्य सकि माघ १ पछि पुर्णरुपमा डिम्याट कारोवार गर्ने छौं ।’

नेपाल धितोपत्र बोर्डले केही सयम अघि आगामी माघ १ गतदेखि डिम्याट गरिएको सेयर मात्र कारोवार गर्ने भन्दै सीडीएससी, नेप्से लगायतका सरोकारवाला निकायलाई सम्पूर्ण कम्पनीको सेयर डिम्याट गर्न निर्देशन दिएको थियो ।  जस अनुसार नेप्सेमा करोवार हुने प्रायःजसो कम्पनीको सेयर डिम्याट गरिएको जानकारी दिएको छ । ‘कारोवार रोक्का, कर्जरमा गएका, तथा खारेजीमा परेका वाहेक जम्मा ५१ वटा कम्पनीको सेयर डिम्याट हुन बाँकी छ,’ उनले भने, ‘ती कम्पनीहरुको पनि पुस मसान्त भित्रै डिम्याट गराइसक्ने गरी काम ताकेका गरिरहेका छौं ।’

सिडिएससिका अनुसार हाल सम्म विभिन्न कम्पनीको २५ करोड ९ लाख ४२ हजार कित्ता सेयर डिम्याट भइसकेको छ । सोमध्ये नेप्सेमा दैनिक ३ लाख ३६ कित्ता सेयर दैनिक रुपमा राफराफ भइरहेको छ । आगामी माघ १ गतेदेखि सम्पूर्ण डिम्याट गरिएको सेयरको कारोवार गर्न सिडिएससि सक्षम रहेको र सिस्टममा कुनै असर नपर्ने थपलियाले जानकारी दिए । हालसम्म डिम्याट नगरिएका कतिपय कम्पनीको सेयर रेगुलर कारोवार नहुने भएकाले आफुलाई अनुकुलतामा डिम्याट गर्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्