Logo

फिल्म शो अव लोडसेडिङको तालिका अनुसार

फिल्म शो अव लोडसेडिङको तालिका अनुसार


रक्षा रेग्मी
0
Shares

काठमाडौं । साथिभाई वा परिवारसँग फिल्म हेर्न जाने विचार गर्दै हुनुहुन्छ भने कृपया लोडसेडिङ तालिका हेर्नुहोस , फेरी हलसम्म पुगेर दुख मात्र पाउनुहोला । किनकी लोडसेडिङ र इन्धन अभावले गर्दा उपत्यकाका अधिकांश हलले बत्ती आउने समय पारेर मात्र शो चलाउन थालेका छन् ।

लोडसेडिङ बढ्नुका साथै जेनेरेटर चलाउन तेल अभाव भएपछि बत्ती आउने समयमा मात्र शो चलाउन बाध्य भएको चावहिलको केएल टावरस्थित एफक्यूवका सञ्चालक सुमन खड्काले बताए । ३ महिना लामो नाकाबन्दीले आपूर्ती व्यवस्थामा असहजताका कारण इन्धन नआउदा हल व्यवसायी मर्कामा परेका हुन् ।

त्यस्तै इन्धन तथा विजुलीको अभावमा हलहरुले दिदै आएका विभिन्न सुविधामा समेत कटौली गरेको क्यूफएक्स सिनेमाका सिनियर अपरेसन म्यानेजर सुरेन्द्र थापाले जानकारी दिए । ‘हामीले लिफ्ट, एसिलगायतको सुविधामा समेत कटौती गर्नुपरेको अवस्था छ’ उनले भने । रेभिन्यू जेनेरेट गर्ने फिल्महरु कटाउनुपरेकोले हलको नाफामा पनि कमी भएको थापाले जानकारी दिए ।

त्यसैगरी लोडसेडिङले गर्दा शुक्रवार र शनिवार बाहेक अन्य दिन शो घटाउनु परेको उनले जानकारी दिए । ‘दुई दिन चै दर्शकको चाप बढी हुने हुँदा जेनतेन शो चलाइरहेका छौं’ उनले भने । यता एफक्यूवले अहिले नाइट शो बन्द गरेको सञ्चालक खड्काले जानकारी दिए ।

सिनेमा अत्यावश्यक क्षेत्रमा नपर्ने हुँदा पनि इन्धन पाउन समस्या हुने हल सञ्चालकहरु बताउँछन् । त्यसले गर्दा लाइनमा बसेर तथा कतिपय अवस्थामा व्ल्याकमा तेल किनेर पनि ग्राहकलाई सेवा सुविधा दिइरहेको सम्वन्धित व्यवसायीहरु बताउँछन् ।

तेल तथा बत्तिको समस्या भएपनि दर्शकको चाप भने नघटेको अष्टनारायण सिनेमा प्रालिका सञ्चालक तथा सभासद रामबीर मानन्धरलले जानकारी दिए । दर्शकहरुको चाप फिल्म अनुसार फरक पर्ने उनले बताए । हलहरुलाई चलचित्र विकाश संघले भने केही मात्रमा भएपनि तेल उपलब्ध गराएर आहातमा राहत दिएको उनले जानकारी दिए ।

देशको अर्थतन्त्रमा सहयोग पुर्याउने रुक्षेत्र भएपनि चलचित्र उद्योग व्यवस्थित नभएको अष्टनारायण सिनेमा प्रालिका सञ्चालक तथा सभासद रामबीर मानन्धर बताउँछन् । ‘चलचित्र उद्योगको व्यवस्थापन तथा प्रवद्र्धन गर्न सके देशको अर्थतन्त्रमा टेवा पुग्थ्यो ’उनले भने । त्यस्तै चलचित्रले देशको संस्कृति झल्काउने भएकोले यसलाई सञ्चारमन्त्रालयबाट हटाएर संस्कति मन्त्रालयमा राख्नुपर्ने मग राखे ।

प्रतिक्रिया दिनुहोस्
MBL