Logo

पूर्वाधार अभावले उद्योग खुल्न सकेन, ५ जिल्लामा एउटा मात्र उद्योग

पूर्वाधार अभावले उद्योग खुल्न सकेन, ५ जिल्लामा एउटा मात्र उद्योग


रक्षा रेग्मी
27
Shares

काठमाडौं । देशमा औद्योगिक विकासले फड्को मारिसक्दा पनि कतिपय जिल्लालाई भने त्यसले छोएको छैन । कतिपय जिल्लामा भर्खरैमात्र औद्योगिक शुरुवात भएको छ । अझैपनि नेपालका कतिपय जिल्लामा एउटा मात्र उद्योग संचालनमा छन् ।

देशका ५ वटा जिल्लामा एउटा÷एउटामात्र उद्योग दर्ता भएको उद्योग विभागको तथ्याङ्क उल्लेख छ ।

विशेषगरी बाजुरा, मनाङ, डोल्पा, सल्यान र ओखलढुङ्गामा एउटा÷एउटामात्र उद्योग रेहेको उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले बताए । ‘स्थानीय स्रोत साधनको अभाव र पूर्वाधार विकास नुहँदा ती जिल्लाहरुमा मझौला तथा ठूला उद्योग दर्ता हुन सकेको छैन,’ उनले भने, ‘प्रविधिको विस्तार हुन नसकेकाले पनि उद्योग संचालन हुन नसकेको हो ।’ ती जिल्लाहरुमा सडक, विजुली, इन्टरनेटजस्ता पूर्वाधार नपुगेको समेत विभागले जानकारी दिएको छ ।

हालसम्म मनाङ र ओखलढुंगामा ऊर्जामा आधारित उद्योग दर्ता भएको छ भने बाजुरा र सल्यानमा कृषिमुलक उद्योग दर्ता भएका छन् । त्यस्तै डोल्पामा भने पर्यटनमुलक उद्योग दर्ता भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

तीमध्ये सल्यानमा दर्ता भएको कृषि उद्योगले सबैभन्दा बढी २ सय ७३ जनालाई र रोजगारी दिने छ । त्यसैगरी, मनाङको उद्योगले २ सय ५६ जनालाई रोजगारी दिएको छ ।
विभागको तथ्यांक अनुसार नेपालमा हालसम्म ६ हजार २ सय ७३ अद्योग दर्ता भएका छन् ।

जसमध्ये काठमाडौंमा सवैभन्दा बढी २ हजार ८ सय ४७ ओटा उद्योग छन् । त्यस्तै ललितपुरमा ६ सय ८५ र मोरङमा २ सय २४ उद्योग छन् । त्यस्तै बारामा २ सय १३ ओटा उद्योग सञ्चालनमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्