Logo

नाका खुकुलो भएसँगै औषधिको आयात बढ्यो

नाका खुकुलो भएसँगै औषधिको आयात बढ्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । तराईका वीरगञ्ज नाकाबाहेकका नाका सहज भएपछि नेपालमा औषधीको आयात विस्तारै बढ्न थालेको छ । भारतीय नाकाबन्दीका कारण रोकिएको औषधी बजारमा आउन थालेको औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलले जानकारी दिए ।

यससँगै बजारमा यसको उपलब्धता सहजभएको उनले बताए । उनका अनुसार उनले विराटनगर, सुनौली नेपालगञ्ज नाकाबाट अहिले औषधि भित्रिरहेको छ । नाकाबन्दीले गर्दा कलकत्ता बन्दरगाह र अन्य नाकामा औषधी तथा कच्चा पदार्थ सहितको ४ सय भन्दा बढी  ट्रक रोकिदा नेपालकमा औषधीको अभाव देखिएको थियो ।

त्यस्तै सरकारी स्वास्थ्य संस्थामा देखिएको अभाव कम गर्न सरकारले द्रुतमागबाट औषधि खरीद गर्ने तयारी अन्तिम चरणमा पुगेको पनि उनले जानकारी दिए । खकुरेलका अनुसार तीन महीनाका लागि रू. २० करोडको औषधि किन्ने गृहकार्य पूरा भएको छ ।

त्यस्तै औषधि उत्पादकउत्पादक व्यवसायी  विभिन्न नाकाबाट र हवाई मागमार्फत कच्चा पदार्थ आउन थालेपछि बजारमा पहिलेको जस्तो औषधि अभाव नभएको बताउँछन् । नेपालमा कुल खपतको ६० प्रतिशत भारतबाट आयात हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL