Logo

नेपाल चेम्वर अफ कमर्सद्धारा बाढी पीडितहरुको लागि राहत सामाग्री सहयोग, अध्यक्ष मल्लले गरे हस्तान्तरण

नेपाल चेम्वर अफ कमर्सद्धारा बाढी पीडितहरुको लागि राहत सामाग्री सहयोग, अध्यक्ष मल्लले गरे हस्तान्तरण



काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले वाढी पीडितहरुको लागि राहत सामाग्री हस्तान्तरण गरेको छ । सिन्धुपाल्चोक तथा मनाङ जिल्लाका बाढी पीडितहरुको लागि नेपाल चेम्वर अफ कमर्सले राहत सामाग्रीको रुपमा त्रिपाल, चामल नून,चिउरा, मस्यौरा तथा दाल उपलब्ध गराएको हो ।
उक्त राहत सामाग्री मनाङको लागि काठमाडौस्थित मनाङ समाज सेवा समितिका कोषाध्यक्ष चुयुङ गुरुङ र हेलम्वु तथा मेलम्चीका वाढपिडितका लागि सिन्धुपाल्चोक चेम्वर अफ कमर्सका अध्यक्ष भक्तलाल श्रेष्ठलाइ अध्यक्ष राजेन्द्र मल्लले हस्तान्तरण गरे ।

हालैको भिषण बर्षाको कारण उत्पन्न वाढीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची तथा हेलम्वु र मनाङ जिल्लामा जनधनको क्षती पु¥याइ त्यस क्षेत्रका वासिन्दाहरु घरवारबिहीन हुन पुगेकाले नेपाल चेम्वर अफ कमर्सको तर्फबाट अध्यक्ष राजेन्द्र मल्लले गहिरो दुख व्यक्त गरेका थिए ।

बाढीमा परी असामयिक निधन भएकाको आत्माको चीर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति अध्यक्ष मल्लले गहिरो समवेदना समेत व्यक्त गरे ।

उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल उपाध्यक्ष द्धय दीपक कुमार मल्होत्रा तथा सुरेन्द्र कुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL