Logo

निःशुल्क सिम वितरणका लागि खाडी मुलुकसँग सम्झौता गर्दै टिआइए

निःशुल्क सिम वितरणका लागि खाडी मुलुकसँग सम्झौता गर्दै टिआइए


रक्षा रेग्मी
27
Shares

काठमाडौं । अव बैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने जोकोहीले सम्वन्धित देशको सिमकार्ड निःशुल्क पाउने भएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआइए)ले विदेशमा रोजगारीका लागि जाने कामदारहरुलाई सम्बन्धित देशको सिमकार्ड दिने व्यवस्था गर्न लागेको हो ।

सिमकार्ड उपलब्ध गराउन विभिन्न देशका टेलिकम्युनिकेशन कम्पनीहरुसँग टेन्डर प्रक्रिया, सूचनालगायत काम सकिएको टिआइएका महाप्रवन्धक देवानन्द उपाध्याले जानकारी दिए । ‘ ति कम्पनीहरुसँग सम्झौता गरे लगतै सिमकार्ड उपलब्ध हुनेछ’ उनले भने । विदेशी कम्पनीहरुले नेपालको दुरसञ्चारबाट अनुमति लिएर मात्र सिमकार्ड विक्री गर्न सक्नेछन् ।

सिमकार्ड वितरणका लागि स्थानीय एजेन्टहरुले सम्बन्धित देशका टेलिकम्युनिकेशन कम्पनीसँग सहकार्य गरिरहेको उपाध्यायले जानकारी दिए । टीआइएले सहजीकरणको काम गर्ने छ ।

उनका अनुसार १ हप्ताभित्रै सिमकार्ड उपलब्ध गराइने छ । नेपाली कामदारहरुलाई विदेश पुगिसकेपछि आफ्ना आफन्तसँग तुरुन्त सम्पर्क गर्न समस्या नहोस भन्ने द्देश्यका साथ यस्तो व्यवस्था गरेको हो ।

नेपालबाटै सीमकार्ड लिएर गएपछि कामदार विदेशमा पुगेपछि पनि तुरुन्तै संचारको पहुँचमा हुनेछन् । ‘खाडी मुलुकका रोजगारीमा जाने कामदारलाई विदेशमा पुगेपछि फोन गर्न तथा सिमकार्ड लिन धेरै समस्या हुनेगरेकोले यँहीबाट सिम दिन लागेका हौं’ उनले भने ।

वैदेशिक रोजगारीमा जाने कामदारका दिइने त्यस्ता सिमकार्डहरु सम्बन्धित देशमा पुगेपछि मात्र एक्टिभ हुनेछन् । कामदारलाई बोर्डिङ पाससँगै सिम दिइने समते उनले जानकारी दिए ।

नेपालबाट वार्षिक भण्डै ५ लाख कामदार वैदेशिक रोजगारीमा जाने गरेका छन् । त्यसमध्ये ३ लाखभन्दा बढी कामदार खाडी मुलुकमा मात्र पुग्ने गरेका छन् ।
त्यस्तै, नेपाल भित्रने विदेशीहरुका लागि पनि चाँडैनै यस्तो सिम प्रदान गरिने योजना रहेको महानिर्देशक उपाध्यायले जानकारी दिए । उनीहरुलाई इमाइग्रेसनसँगै सो सिमकार्ड प्रदान गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्