Logo

अर्थ सचिवले भने-‘यी हुन् साढे ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने ५ आधार’

अर्थ सचिवले भने-‘यी हुन् साढे ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने ५ आधार’



काठमाडौं । अर्थ सचिव शिशिरकुमार ढुंगानाले बजेट कार्यान्वयन र साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने ५ आधार सार्वजनिक गरेका छन् । पछिल्लो समय बजेट कार्यान्वयन र आर्थिक वृद्धि हासिल गर्ने आधार नभइरहेको भन्दै उच्च आलोचना भइरहेको अवस्थामा उनले आज पत्रकार सम्मेलन मार्फत उक्त आधार बताएका हुन्

१.चालू अबाको कात्तिक महिना देखि आर्थिक गतिविधी संचालनमा हुँदा हामी ४ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने बाटोमा आईसकेका थियौं ।

२. माग र पूर्तिको श्रृखला चाडै लयमा आउने देखिन्छ । जसका कारण हाम्रो अर्थतन्त्र चाडै लयमा फर्किन्छ र जसले साढे ६ प्रतिशतको लक्ष्य प्राप्ति गर्न स्क्नेछौं ।

३.चालू आर्थिक बर्षको बजेटबाटै आर्थिक पुनरुपत्थान र राहतका कार्यक्रम सार्वजनकि गरेका छौं । यसैबाट उद्योग व्यवसाय संचालनका साथै आर्थिक गतिविधि संचालन हुन्छ र त्यसैबाट साढे ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सकिने छ ।
४.नेपालको अर्थतन्त्रमा खुला हुने वित्तिकै मागमा उच्च वृद्धि हुन्छ । जुन हामीले भोगि आएका कुरा हुन । र राष्ट्र बैंकको समेतको अनुसन्धानको अधारमा उक्त लक्ष्य तय गरिएको हो ।

५.हामीले दक्षिण एसियामै भारतपछि पहिलो कोरोना विरुद्धको खोप लगाउने दोस्रो मुलुक हौं । हामी सकभर सबैमा चाडै खोप उपलब्ध गराउने तर्फ केन्द्रित छौं । सबै नागरिकलाई खोप लगाईसकेपछि आर्थिक गतिविधि चलायमान बनाउन सजिलो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL