Logo

भारतले बनायो कोरोनाको औषधि : संक्रमित छिट्टै निको हुने, अक्सिजनको निर्भरता ४० प्रतिशतले कम हुने

भारतले बनायो कोरोनाको औषधि : संक्रमित छिट्टै निको हुने, अक्सिजनको निर्भरता ४० प्रतिशतले कम हुने



काठमाडौं । भारतले कोरोना भाइरसविरूद्ध औषधि बनाएको छ । सोमबार भारतका रक्षामन्त्री राजनाथ सिंहले एक कार्यक्रममार्फत् कोरोना भाइरसविरूद्धको औषधिको सार्वजनिक गरेका हुन् ।

यो औषधिले कोरोना भाइरसका संक्रमित छिट्टै निको हुने गरेको बताइएको छ । रक्षामन्त्री सिंहले अरू उपचारको तुलनामा यो औषधी प्रयोग गर्ने संक्रमित साढे दुई दिन अघि नै निको हुने कुरा आफूलाई जानकारी गराइएको बताए।

‘मलाई भनिएको छ कि यसको प्रयोग गरेका बिरामी सामान्य उपचार गरेकाभन्दा साढे दुई दिन अघि निको हुन्छन्। साथै, अक्सिजनको निर्भरता पनि लगभग ४० प्रतिशतले कम भएको छ,ु रक्षामन्त्री सिंहले भने, ‘यो पाउडर फर्ममा भएको हुँदा यसको एक किसिमको विशेषता छ।’

कोरोनाविरूद्धको यो औषधिको नाम २–डिओक्सी डि–गुल्कोज (२–डिजी) दिइएको छ । डिफेन्स रिसर्च एन्ड डेभेलपमेन्ट अर्गनाइजेसन (डिआरडिओ) र डा रेड्डीज मल्टिनेसनल फर्मास्युटिकल कम्पनी (डिआरएल) ले यो औषधि बनाएको हो।

औषधि सार्वजनिक गर्दै भारतीय रक्षा मन्त्री सिंहले ‘यो औषधिबारे अहिले नया आशाको नयाँ किरण भएको बताए । ‘डिआरडिओ एवं डिआरएलद्वारा तयार गरिएको औषधि कोभिडका लागि सिद्ध हुन्छ। यो हाम्रो देशको वैज्ञानिक दक्षताको ठूलो उदाहरण हो ।’ –नवभारत टाइम्सबाट

प्रतिक्रिया दिनुहोस्
MBL