Logo

सरकारी कार्यालयमा आजदेखि डिजिटल सिग्नेचर

सरकारी कार्यालयमा आजदेखि डिजिटल सिग्नेचर


रक्षा रेग्मी
27
Shares

सरकारले आजदेखि सरकारी कामकाजमा ‘डिजिटल सिग्नेचर’ प्रयोग गर्न सुरु गरेको छ । बुधवार एक कार्यक्रमबी राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा डिजिटल सिग्नेचर अनुसार हुने कामकाजको सुरुवात गरिन् ।

विद्युतीय कारोबार ऐनअनुसार कम्प्युटरबाट हुने सबै काम अव डिजिटल सिग्नेचरबाट हुने सञ्चार मन्त्री शेरधन राईले बताए । विद्युतीय कारोवारलाई सुरक्षित बनाउने उद्देश्यका साथ सो सिग्नेचर प्रयोगमा ल्याइएको उनले जानकार दिए ।

कार्यक्रममा सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले डिजिटल सिग्नेचर अनुसार काम गर्दा कामकारवाही सुरक्षित, विश्वसनीय र आधिकारिक हुने बताए । साथै डिजिटल सिग्नेचर लागु भएसँगै सेवाग्राहीले सहजरुपमा सेवा पाउने दाबीसमेत गरे ।
यो २७ अङ्कको एउटा कोड हो । जसरी परिचयपत्रहरूमा निश्चित कोडको प्रयोग गरिन्छ, यो पनि त्यस्तै किसिमको कोड हो । यो डिजिटल प्रयोजनका लागि मात्र उपयोग गरिन्छ ।

यससँगै आईटी कारोबार हुँदा कसैले पनि आफूले पठाएको डकुमेन्ट, म्यासेज वा अरु कुनै कुरा मैले होइन भनेर ढाँट्न सक्ने छैनन् । यसले इन्टरनेटको माध्यमबाट हुने कारोबारलाई कानुनी आधिकारिकता प्रदान गर्दछ । फोन, कम्प्युटरबाट पठाइने इमेल, म्यासेज र डिजिटल डकुमेन्ट दुवैका लागि यसको प्रयोग गर्न सकिन्छ ।

विशेषगरी विद्युतीय कारोबारसँग सम्बन्धित ‘डकुमेन्ट’लाई कानुनी आधिकारिकता प्रदान गर्न डिजिटल कोड दिइने बताइएको छ । जसले इन्टरनेटबाट सूचना सम्प्रेषण गर्नेको पहिचान र उसले गरेको कामलाई प्रमाणित गर्न सहयोग पुग्छ ।

नेपालमा सन् २०१२ देखि ‘डिजिटल सिग्नेचर’ लागू गर्ने भनेर सार्वजनिक घोषणा गरे पनि कार्यान्वयनमा भने आएको थिएन ।

प्रतिक्रिया दिनुहोस्