Logo

गण्डकीको शेरचन र सुदुरपश्चिमको प्रदेश प्रमुख पाठक पदमुक्त, नयाँ प्रमुखमा पौडेल र यादव नियुक्त

गण्डकीको शेरचन र सुदुरपश्चिमको प्रदेश प्रमुख पाठक पदमुक्त, नयाँ प्रमुखमा पौडेल र यादव नियुक्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदुरपश्चिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी छिन् । मन्त्रिपरिषदको आजको बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदुरपश्चिम प्रदेश प्रमुखमा शर्मिला पाठकलाई पदमुक्त गरेर गण्डकी प्रदेश प्रमुखमा सीता पौडल र सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादवलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद्को सिफासिरस बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले शेरचन र पाठकलाई पदमुक्त गरी पौडेल र यादवलाई नयाँ प्रदेशक प्रमुखमा नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL