Logo

कोरोना रोकथाममा सरकारको कडा कदम, आन्तरिक र अन्तरराष्ट्रिय दुबै उडान बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

कोरोना रोकथाममा सरकारको कडा कदम, आन्तरिक र अन्तरराष्ट्रिय दुबै उडान बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं । सरकारले आन्तरिक र अन्तरराष्ट्रिय दुबै उडान बन्द गर्ने निर्णय गरेको छ । आईतबार बेलुका बसेको मन्त्रिपरिषद बैंठकले आज (सोमबार) राती १२ बजेदेखि आन्तरिक र २२ गते देखि अन्तरराष्ट्रिय उडान पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार, सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

पछिल्लो समय कोरोना संक्रमण बढ्र्दै गएसँगै आईतबार दिउसो मात्रै नागरिक उड्डयन प्राधिकरण र नेपाल वायु सेवा संचालक संघबीच सहमति गर्दै कोटा प्रणालीमा आन्तरिक उडाउन गर्ने सहमति भएको थियो । तर सीसीएमसीको सिफासिरमा आईतबार बेलुकी बसेको मन्त्रिपरिषद् बैंठकले दुबै उडान पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।

विश्वव्यापीरुपमा फैलिएको सेकेण्ड भेरियण्टको कारोना संक्रमण भयावह हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सरकारले आन्तरिक र बाह्य दुबै उडान बन्द गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL