Logo

कालाबजारी गर्नेलाई कारवाही गर्न अख्तियारको निर्देशन, ‘नसके पद छोड’

कालाबजारी गर्नेलाई कारवाही गर्न अख्तियारको निर्देशन, ‘नसके पद छोड’


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुशन्धान आयोगले कालाबजारी ठूला व्यक्तिबाट भइरहेको दावी गरेको छ । आइतवार अख्तियारमा आयोजित एक पत्रकार सम्मेलनबीच अख्तियारले यस्तो दावी गरेको हो ।

सो अवसरमा नाकाबन्दीको बेलामा बजारमा ठूला कर्मचारी तथा व्यवसायीहरुनै कालाबजारीमा लागेको भन्दै त्यसवारे नियमन गर्न सम्वन्धित पक्षलाई निर्देशन दिएको छ ।

अख्तियारले विभिन्न जिल्लाका प्रहरी प्रमुख र सिडियोलाई भोलीबाट नै जनताले थाहा पाउने गरी कारवाही गर्न निर्देशन दिएको हो । उनीहरुलाई काम गर्ननसके पद छाड्न समेत निर्दिष्ट गरेको छ । साथै कारवाहीको प्रक्रिया अगाडी नबढाए सुरक्षा निकायलाई नै अख्तियारले कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

कालाबजारीले गर्दा जनता महंगीको मारमा परेको भन्दै प्रवक्ता पुस्करले नेपाल आयल निगम, वाणिज्य विभाग, काठमाडौं र ललितपुरका प्रमुख जिल्ला अधिकारी, गृह र वाणिज्य विभागका अधिकारीहरुसँगको सामूहिक छलफल पछि यस्तो कडा चेतावनी दिएका हुन् ।

पछिल्लो समय संगठित कालोबजारी गर्ने बढेको अख्तियारका प्रवक्ता कुष्णहरी पुष्करले जानकारी दिए । उनका अनुसार विभिन्न ठूला कर्मचारीहरुनै मिलेमतोमा कालाबजारीमा लागेका छने । ‘ १० लिटर तेल ल्याउनेलाई प्हरीले समाउछ १ हजार ल्याउनेलाई छोडिदिन्छ,’ उनले भने ‘त्यसले गर्दा पनि संगठित कालाबजारीले बढावा पाएको हो ।’

प्रतिक्रिया दिनुहोस्
MBL