Logo

सीसीएमसीको निर्णय : लकडाउन गर्न तोकियो जिल्लगत संक्रिय कोभिड संक्रमितको संख्या, काठमाडौं उपत्यकामा पुनः लकडाउन हुने !

सीसीएमसीको निर्णय : लकडाउन गर्न तोकियो जिल्लगत संक्रिय कोभिड संक्रमितको संख्या, काठमाडौं उपत्यकामा पुनः लकडाउन हुने !



काठमाडौं । सरकारले कोरोना संक्रमित संख्याको आधारमा पुनः लकडाउन गर्ने भएको छ । सरकारले जिल्लागत रुपमा कोरोना संक्रमितको संख्याको आधारमा लकडाउन गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले संक्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई दिन सिफारिस गरेको छ । जसअनुसार पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा डीसीसीएमसीले लकडाउन गर्न सक्नेछ ।

कोरोना रोकथामका लागि देशभर लकडाउन गर्दा आर्थिक क्रियाकलाप ठप्प हुने भन्दै सीसीएमसी बैंठकले जिल्लागत रुपमा संक्रमितको संख्याको आधारमा बन्द गर्ने निष्कर्ष निकालेको हो ।

सीसीएमसीको उक्त निर्णयसँगै कोरोना संक्रमित बढी भएका काठमाडौं उपत्यकाका तीनवटै जिल्ला र तराईका आधादर्जन जिल्लाहरुमा तत्कालै लकडाउन हुने अवस्था देखिएको छ । सोही अनुरुप काठमाडौंमा उपत्यकामा कोरोना संक्रमित उच्च रुपमा बढ्दै गएसँगै लकडाउन गर्ने वा नगर्ने भन्ने विषयमा सोमबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैंठक बसेर निर्णय गर्ने सम्बद्ध स्रोतको भनाई रहेको छ ।

यसैगरी काठमाडौं उपत्यका बाहेक मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ । यसैगरी कैलाली, चितवन, सुर्खेत, बर्दियालगायका जिल्लामा पनि संक्रमितको संख्या उच्च रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL