Logo

नेपाल राष्ट्र बैंकले संचालनमा ल्यायो गुनासो गर्न सकिने पोर्टल, बैंकको गुनासो अव सिधै राष्ट्र बैंकमा गर्न सकिने

नेपाल राष्ट्र बैंकले संचालनमा ल्यायो गुनासो गर्न सकिने पोर्टल, बैंकको गुनासो अव सिधै राष्ट्र बैंकमा गर्न सकिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्राहकको गुनासो अनलाईनमार्फत नै दर्ता गर्नसक्ने गरी नयाँ पोर्टल सञ्चालनमा ल्याएको छ । ग्राहकको वित्तीय हित संरक्षण गर्ने उद्देश्यले गुनासो सुनुवाइका लागि भन्दै राष्ट्र बैंकले नयाँ पोर्टल सञ्चालनमा ल्याएको हो ।

गुनासो ‘डट एनआरबी डट ओआरजी डट एनपी’ पोर्टलबाटमा ग्राहकहरुले सिधै राष्ट्र बैंकसमक्ष गुनासो गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र र अनुमति प्राप्त गरि वित्तीय मध्यस्थता सेवा प्रदान गरिरहेका बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था र एजेन्टले ग्राहकसँग निष्पक्ष, विश्वसनीय, र पारदर्शी ढंगबाट बैंकिङ क्षेत्रको व्यवसायिक मूल्य र मान्यता एवं नीति निर्देशनको अधीनमा रही ग्राहकको हितलाई प्राथमिकतामा राखी वित्तीय मध्यस्थता सेवा प्रदान गर्नेरगराउने कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्न यस र्पोटल निर्माण गरिएको हो ।

ग्राहकले यो पोर्टलमार्फत आफ्ना गुनासाहरु दर्ता गर्न सक्नेछन्। यसरी गुनासाहरु दर्ता भएको जानकारी र दर्ता नम्बर ई–मेलमार्फत ग्राहकले प्राप्त गर्नेछन् ।

यसका साथै गुनासो दर्ता नम्बरद्वारा पेस गरिएको गुनासाको स्थिति थाहा पाउन सकिनेछ । यो पोर्टलमा दर्ता भएको गुनासोको अन्तिम निर्णय ई–मेलमार्फत जानकारी गराइने केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL