Logo

बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकको ९ बुँदे निर्देशन, कोरोनाको जोखिम न्यूनीकरण गरेर काम गर्नुपर्ने (निर्देशनसहित)

बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकको ९ बुँदे निर्देशन, कोरोनाको जोखिम न्यूनीकरण गरेर काम गर्नुपर्ने (निर्देशनसहित)



काठमाडौं । कोरोना भाइरसको जोखिम बढेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जोखिम न्यूनीकरण र सुरक्षित सेवाप्रवाहका लागि निर्देशन जारी गरेको छ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले पूर्ण सजगताका साथ कारोबार सञ्चालन गर्न इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई नौ बुँदे निर्देशन जारी गरेको छ।

राष्ट्र बैंकले निर्देशनमा क देखि घ वर्गसम्मका बैंक तथा वित्तीय संस्थाहरूलाई नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवाप्रवाह गर्न, सेवाप्रवाहका क्रममा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्न निर्देशन दिएको छ।

त्यसैगरी, सेवाग्राहीको भिडभाड नहुने व्यवस्था मिलाउन, भौतिक दूरी काम गर्न तथा यथासम्भव विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न राष्ट्र बैंकको निर्देशन छ।

प्रतिक्रिया दिनुहोस्
MBL