Logo

बढ्यो कोरोना संक्रमण : सोमबार ५५९ जना संक्रमित हुँदा १३ जनाको मृत्यु, सबैभन्दा बढी काठमाडौंमा

बढ्यो कोरोना संक्रमण : सोमबार ५५९ जना संक्रमित हुँदा १३ जनाको मृत्यु, सबैभन्दा बढी काठमाडौंमा



काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्ने क्रम उच्च भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार सोमबार मात्रै ५ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ ।
सरकारले पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ७८ जनाको पीसीआर र ७ सय २७ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ४९६ र ६३ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये सबैभन्दा बढी कोरोना संक्रमण काठमाडौँमा १५९ जनालाई भएको मन्त्रालयले जानकारी दिएको छ । यस्तै ललितपुरमा ४४ र बाँकेमा ४१ जना थपिएका छन् । पछिल्लो समय विश्वव्यापी रुपमा कोरोना संक्रमण बढ्दै जाँदा नेपालमा पनि यसको संक्रमण फैलिन थालेको हो ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३८ जना निको भएका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ । त्यस्तै, नेपालमा सक्रिय संक्रमितको संख्या ३३०६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्