Logo

नेपाल एयरलाइन्सको भरमा हवाइ इन्धन, छैन स्टक

नेपाल एयरलाइन्सको भरमा हवाइ इन्धन, छैन स्टक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आन्तरिक हवाइ उडानको लागि आवश्यक इन्धन नेपाल वायुसेवा निगम (एनएसी)को भरमा निर्भर रहेको छ । एनएसीले भारतबाट आउँदा ल्याएमा मात्र वितरण गर्न सकिने नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । ‘निगमसँग हवाइ इन्धनको स्टक छैन,’ उनले भने, ‘एनएसीले ल्याइदिएमा मात्र वितरण गर्न सकिने छ ।’

आयल निगमले केही समयदेखि एनएसीलाई हवाइ इन्धन ल्याइदिन आग्रह गर्दै आएको छ । सोही अनुरुप एनओसीले दैनिक ३ टीप आर्थत ६० हजार लिटर हवाइ इन्धन ल्याउने गरेको थियो । तर, पछिल्लो समय एनओसीले पनि अनुरोध अनुसार तेल ल्याउन छाडेको छ । कहिले दिनको एक टीप मात्र ल्याउन भने कहिले ल्याउँदै नल्याउने निगमले जानकारी दिएको छ ।

निगमले हवाइ इन्धन नभएको भन्दै शुक्रबार आन्तरिक उडानका लागि दिएको थिएन । जसले गर्दा २ तिहाइभन्दा बढी अडान कटौती भएको थियो । एनओसीले शुक्रबार २ टीप अर्थात ४४ हजार लिटर हवाइ इन्धन ल्याइदिएको थियो । त्यसले केही उडानका लागि दिन पुगेपछि सहज रुपमा उडानका लागि भने पुर्याउन नसकिने प्रवक्ता घिमिरे बताउँछन् । ‘एनएसीले भारतबाट तेल ल्याइदिएमा वितरण गर्न सकिन्छ अन्यथा उडान रोक्नुपर्ने हुन्छ ।’

पछिल्लो समय सवारीसाधनका लागि भने सीमा नाकाबाट कोलोबजारी गरि पेट्रोलियम भित्र्याइने गरेको छ । तर, हवाइ इन्धनका लागि ट्याङ्कर नै ल्याउनुपर्ने भएकाले समस्या भएको सम्बद्ध व्यवसायीहरु बताउँछन् । पछिल्लो समय भारतीय सीमा नाकाबाट सवारीसाधनका लागि भने केही इन्धन भित्रिएको निगमले जानकारी दिएको छ । त्यसैगरी चीन सरकारले पनि सवारीसाधनका लागि मात्र पेट्रोलियम दिएको थियो । तर, हवाइ इन्धन भने सहज रुपमा नभित्रिएको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL