काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्रीका लागि तयारी तीब्र बनाएको छ । बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्न अनुमति प्राप्त गरेको कम्पनीले आइपीओ निष्कासन तथा विक्रीका लागि ३ वटा कम्पनीसँग सम्झौता गरेको छ ।
कम्पनीले बुधबार एक कार्यक्रमकाबीच आइपीओ निष्काशन तथा बिक्री गर्न ग्लोबल आईएमई क्यापिटल लिमिटेड, सहायक बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड र प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।
कम्पनीले पहिलो पटक बुक विल्डिङ विधिबाट आइपीओ निष्कासन तथा बिक्री गर्न लागेको हो । कम्पनीले निष्कासन गर्न लागेको आईपीओको मूल्य ७ सय ५० रूपैयाँ तोकिएको छ ।
संस्थागत लगानीकर्तालाई रु ७५० मुल्य तोकिएको छ । सर्वसाधारणहरूले ६७५ रूपैयाँमा सेयर पाउनेछन् ।