Logo

भारत हुँदै विदेश जाने नेपालीलाई दुतावासको सिफारिस अनिवार्य, यी हुन एनओसी चाहिने १० देश

भारत हुँदै विदेश जाने नेपालीलाई दुतावासको सिफारिस अनिवार्य, यी हुन एनओसी चाहिने १० देश



काठमाडौं । अब नेपाली नागरिकलाई भारतको बाटो हुँदै विदेश जानुपर्दा त्यहाँस्थित नेपाली राजदुतावासको सिफारिस चाहिने भएको छ । नयाँदिल्लीस्थित नेपाली दुतावासले हालै एक सुचना जारी गर्दै भारतको बाटो हुँदै विदेश जाने नेपालीलाई दुतावासको सिफारिस अनिवार्य गरेको हो ।

यसअघि दुतावासले यो नियम ल्याउने बताएपनि सोही अनुसार नियम लागु नहुँदा नेपालीहरु विना सिफारिस नै यमन, कतार, साउदी अरब लगायतका देशमा गईरहेका थिए ।

भारतस्थित नेपाली दुतावासले जारी गरेको सुचनामार्फत साउदी अरेबीया, कतार, कुवेत, दुवई, ओमन बहराईन, ईराक, लिविया र लेवनान भारतीय बाटो भएर जानका लागि उक्त सिफारिस अनिवार्य गरेको हो ।

उक्त सिफारिश लिनुपर्ने नेपाली नागरिकले जान चाहेको देश जानुको कारणसहितको पत्र हस्ताक्षरसहित बुझाउनुपर्नेछ ।

यस्तै राहदानीको प्रतिलिपी, भिषा या टिकटको प्रतिलिपी, श्रम स्विकृती, आफ्नो परिचयपत्र तथा कागजातहरु नेपाली दुतावासमा बुझाउनुपर्ने उल्लेख छ । उक्त सबै काजगपत्र प्राप्त भएपछि मात्रै दुतावासले नो अब्जेक्सन लेटर दिने दुतावासको सुचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्