Logo

१ लाख स्वरोजगार, ४ लाखलाई रोजगारी

१ लाख स्वरोजगार, ४ लाखलाई रोजगारी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षमा १ लाख युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य राखेको छ । सोमबार आर्थिक बर्ष २०७४/ ०७५ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले यस्तो जानकारी दिएका हुन् ।

त्यस्तै आगामी आवमा ४ लाख जनालाई रोजगारी उपलब्ध गराउने लक्ष्य सरकारको छ ।

सरकारले युवा स्वरोजगार र स्थानीय निकायलाई परिचालन गरि बढी रोजगारी सृजना गर्ने लक्ष्य लिएको हो ।

प्रतिक्रिया दिनुहोस्