Logo

सशस्त्र प्रहरीमा १,००० बढी पदका लागि भर्ना खुला : निरीक्षकदेखि चर्मकर्मीसम्मका लागि अवसर

सशस्त्र प्रहरीमा १,००० बढी पदका लागि भर्ना खुला : निरीक्षकदेखि चर्मकर्मीसम्मका लागि अवसर



काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदका लागि १,००० भन्दा बढी जनशक्तिको भर्ना खुला गरेको छ। सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि चर्मकर्मीसम्मका लागि भर्ना खुलेको यो अवसरले सुरक्षा क्षेत्रमा सेवा गर्न इच्छुकलाई ठूलो अवसर प्रदान गरेको छ। सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि ६८ पद, सशस्त्र प्रहरी सहायक निरीक्षक (असिस्टेन्ट इन्स्पेक्टर) का लागि ८३ पद, र सशस्त्र प्रहरी जवानका लागि ९ सय ४१ पदमा भर्ना खुला गरिएको छ।

यसबाहेक विभिन्न प्राविधिक पदमा पनि जागिरको अवसर प्रदान गरिएको छ। भान्छे पदका लागि २० जना, कूचिकारका लागि १९ जना, सूचिकारका लागि १० जना, केशकर्तकका लागि २४ जना, र चर्मकर्मीका लागि १४ जना माग गरिएको छ।

दरखास्त बुझाउने अन्तिम म्याद सार्वजनिक सूचना प्रकाशित मितिले २१ दिनभित्र रहेको छ भने ढिला शुल्कसहित थप ७ दिनसम्म आवेदन दिन सकिनेछ। इच्छुक उम्मेदवारले तोकिएको योग्यता र कागजात पेश गर्नुपर्नेछ। उम्मेदवारको प्रारम्भिक छनोट, शारीरिक तन्दुरुस्ती परीक्षण, लिखित परीक्षा, र अन्तर्वार्ताका आधारमा चयन गरिनेछ।

महिला, आदिवासीरजनजाति, मधेसी, दलित, र पिछडिएको क्षेत्रका उम्मेदवारलाई विशेष प्राथमिकता दिइनेछ। आवेदन फारम अनलाइन माध्यमबाट उपलब्ध छ। भर्नासम्बन्धी थप जानकारी सशस्त्र प्रहरी बलको आधिकारिक वेबसाइट वा नजिकको सशस्त्र प्रहरी बल कार्यालयबाट प्राप्त गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्