Logo

ओईसीडीको प्रतिवेदन : यी हुन् डाक्टरले सबैभन्दा बढी तलब पाउने देश

ओईसीडीको प्रतिवेदन : यी हुन् डाक्टरले सबैभन्दा बढी तलब पाउने देश



काठमाडौं । संसारभरि नै डाक्टरहरूको माग छ, जसको कारण यो थोरै पेशाहरू मध्ये एक हो जसमा सबैभन्दा धेरै तलब दिइन्छ । नेपाल र भारतजस्ता देशमा पनि डाक्टर बन्ने क्रेज धेरै छ । भारतमा हरेक वर्ष २५ लाख बालबालिका एमबीबीएसमा भर्ना हुनको लागि मेडिकल परीक्षामा सहभागी हुन्छन् भने नेपालमा पनि ठूलो संख्यामा विधार्थीहरु डाक्टर पढन योग्यता परीक्षामा सहभागी हुन्छन । अवस्था यस्तो छ कि नेपाली भारतीय विद्यार्थी पनि डाक्टर बन्न विदेश जान्छन् ।

यस्तो आकर्षणको कारण डाक्टरले पाउने सुविधा र सम्मान पनि हो । अब यस्तोमा धेरैको जिज्ञासा हुन सक्छ कि कुन देशमा डाक्टरले सबैभन्दा बढी तलब र सुविधा पाउँछन् ? ‘अर्गनाइजेसन फर इकोनोमिक्स कोअपरेसन एण्ड डेभलपमेन्ट’ (ओईसीडी) को प्रतिवेदनले डाक्टरले सबैभन्दा बढी तलब पाउने देशको खुलासा गरेको छ । आउनुहोस् जानौं विश्वका ती शीर्ष ५ देशहरू, जहाँ डाक्टरको पेशाका लागि सबैभन्दा बढी तलब दिइन्छ । यद्यपि यहाँ ध्यान दिनु महत्वपूर्ण छ कि तपाईको तलब कस्तो हुनेछ तपाई कस्तो डाक्टर हुनुहुन्छ र तपाईको अनुभव कस्तो छ भन्ने कुरामा निर्भर गर्दछ । (

जर्मनी

यो सूचीमा युरोपेली देश जर्मनी छ, जहाँ डाक्टरहरूको वार्षिक प्याकेज करोडौं रुपैयाँ हुन्छ । यदि कोही विशेषज्ञ डाक्टर हो भने उसको तलब साढे २ करोड बढी हुन सक्छ । सामान्य चिकित्सकको तलब पनि वार्षिक साढे २ करोड रुपैयाँ छ । जर्मनी यसको उत्कृष्ट अर्थतन्त्र र स्वास्थ्य सेवाका लागि परिचित छ ।

अस्ट्रेलिया

अष्ट्रेलिया, संसारको १० सबैभन्दा खुशी देशहरू मध्ये एक हो र डाक्टरहरूको लागि राम्रो सुविधा रहेको छ । यहाँ विशेषज्ञ चिकित्सकको वार्षिक तलब १ करोड ७२ लाख रुपैयाँ छ । त्यस्तै, सामान्य व्यवसायीले पनि वर्षमा १ करोड रुपैयाँसम्म कमाउँछन् । यहाँ डाक्टरहरूले राम्रो काम–जीवन सन्तुलन पाउँछन् । साथै, अष्ट्रेलियाको जीवन स्तर पनि उच्च छ ।

नेदरल्याण्ड्स

युरोपेली देश नेदरल्याण्डमा विशेषज्ञ चिकित्सकले वार्षिक १ करोड ७) लाख रुपैयाँ कमाउँछन् भने सामान्य चिकित्सकको तलब १ कराड ३० लाख रुपैयाँको हाराहारीमा छ । यहाँको स्वास्थ्य सेवा प्रणाली राम्रोसँग काम गर्ने र रोगहरूको रोकथाममा केन्द्रित भएकाले चिनिन्छ । नेदरल्याण्डमा डाक्टरहरूलाई पनि उत्कृष्ट कार्य–जीवन सन्तुलन दिइन्छ ।

अमेरिका

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकामा विशेषज्ञ चिकित्सकको वार्षिक तलब ३ करोड ५० लाख रुपैयाँसम्म छ । सामान्य चिकित्सकको वार्षिक प्याकेज पनि ३ करोड ३० लाख रुपैयाँसम्म छ ।

लक्जेम्बर्ग

विश्वकै धनी देशमध्येको एक लक्जेम्बर्गमा विशेषज्ञ चिकित्सकको वार्षिक तलब ४ करोड रुपैयाँसम्म छ । सामान्य चिकित्सकले वार्षिक करिब ३ करोड २० लाख रुपैयाँ कमाउँछन् । यहाँ तलब धेरै छ किनभने देशमा कम मान्छे छन्, तर डाक्टरहरूको माग धेरै छ । यदि तपाई पनि डाक्टर बन्ने सपना देख्दै हुनुहुन्छ भने लक्जेम्बर्गमा उच्च सुविधासहितको जागिर पाउन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्