Logo

वैदेशिक रोजगारीमा जान झन सहज, पोखरा र भैरहवाबाटै पाईने भयो आवश्यक सेवा

वैदेशिक रोजगारीमा जान झन सहज, पोखरा र भैरहवाबाटै पाईने भयो आवश्यक सेवा



काठमाडौं । सरकारले अब वैदेशिक रोजगारीमा जानका लागि सहज वातावरण निर्माण गर्ने निर्णय गरेको छ । श्रम मन्त्री शरतसिंह भण्डारीसहित सरोकारवालाहरुको बैठकमा यस्तो निर्णय भएको हो ।

बैठकले गरेको निर्णयअनुसार अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई आवश्यक पर्ने सबै सेवा सुविधा सम्बन्धित विमानस्थलको पायक पर्ने स्थान र कार्यालयबाट नै उपलब्ध हुनेछन् ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएका सहरहरु पोखरा र भैरहवाबाट नै वैदेशिक रोजगारीमा जानेका लागि स्वास्थ्य परीक्षण, बिमा, अभिमुखीकरण लगायत सेवा उपलब्ध गराइने भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएका सहरहरुमा यी सेवा पाउने भएपछि वैदेशिक रोजगारीमा जानेहरु काठमाडौं आउनुपर्ने बाध्यता हट्ने भएको छ । हालसम्म काठमाडौंबाहेकका विभिन्न श्रम कार्यालयबाट श्रम स्वीकृति पाइने भए पनि अन्य सेवाका लागि राजधानी नै आउनुपर्ने स्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL