Logo

वैदेशिक रोजगारीमा जाने क्रम बढ्यो, बैशाखमै गए ३२ हजार कामदार

वैदेशिक रोजगारीमा जाने क्रम बढ्यो, बैशाखमै गए ३२ हजार कामदार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अघिल्लो वर्षमा नेपाली कामदार वैदेशिक रोजगारीमा जान घटिरहेको बेलामा २०७३ को बैशाख महिनामा भने बढेको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार २०७३ बैशाखमा ३२ हजार ३ सयभन्दा बढी कामदार वैदेशिक रोजगारीमा गएका छन् । यो संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा १ हजारले बढी हो ।

भुकम्प तथा सरकार र वैदेशिक रोजगार व्यवसायीबीचको आन्तरिक द्वन्द्वका कारण २०७२ सालको हरेक महिना बैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा उच्च गिरावट आएको थियो । तर, २०७३ को बैशाख महिनामा भने केही बढेको तथ्याङ्कले देखाएको छ ।

बैशाख महिनामा सवैभन्दा बढी कामदार साउदी अरवको रोजगारीमा पुगेका छन् । बैशाखमा ११ हजार ५ सयभन्दा बढी कामदार साउदीको रोजगारीमा पुगेका छन् ।

केही वर्ष यता नेपाली कामदारको प्रमुख गन्तव्यमा मेलेशिया रहँदै आएकोमा चालू आर्थिक वर्षमा भने साउदी अरेव परेको छ । रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा ल्याइएको नयाँ व्यवस्था तथा फ्रि भिसा फ्रि टिकटका कारण मलेशियाको रोजगारीमा जाने कामदारको संख्यामा कमि आएको हो । साथै, मलेशियाको वारेमा अनावश्यक प्रचारप्रसार गरेका कारणले गर्दा पनि कामदारहरु रोजगारीमा जान नमानेका सम्बद्ध व्यवसायीहरु बताउँछन् । सो अवधिमा ४ हजार कामदार मात्र मलेशिया पुगेका छन् ।

यसैगरी, दोस्रो बढी कामदार कतारको रोजगारीमा पुगेका छन् । सो अवधिमा ११ हजारभन्दा बढी कामदार कतार पुगेको तथ्याङ्कले देखाएको छ । संयुक्त अरव इमिरेट्स चौथो स्थानमा रहेको छ भने कुवेत पाँचौ स्थानमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्