Logo

प्रभुबाट रेमिट भुक्तानी लिनेलाई टेलिकमको सिम सित्तैमा, ५० रुपैयाँको टक टाइम

प्रभुबाट रेमिट भुक्तानी लिनेलाई टेलिकमको सिम सित्तैमा, ५० रुपैयाँको टक टाइम


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रभु मनि ट्रान्फरले रेमिट्यान्स भुक्तानी लिन आउने व्यक्तिलाई नेपाल टेलिकमको थ्रीजी सिम निशुल्क दिने भएको छ । टेलिकमको सहकार्यमा ५० रुपैयाँ टक टाइम भएको उक्त सिम निशुल्क दिन लागेको हो ।

कम्पनीले उक्त योजना बैशाख १ गतेवाट सुरु भई सिमकार्डको मौजदात रहेसम्मका लागि कायम रहने जानकारी दिएको छ । पुर्वाअञ्चल, मध्यपश्चिमाअञ्चल, र सुदुर पश्चिमाअञ्चलमा सिमकार्ड वितरण कार्यको सवै तयारी पुरा भई सकेको र अन्य क्षेत्रहरुमा पनि आगामी साताभित्रै वितरण गरिने भएको छ ।

सिमकार्ड वितरण तथा एक्टीभेसनको लागि नेपाल भरका प्रभु मनि ट्रान्स्फरसँग आवद्ध रहेका भुक्तानी सव–एजेन्ट, बैंक वित्तीय  संस्था तथा सहकारी संस्था मार्फत गराईने छ । बैंक तथा वित्तीय संस्थामार्फत भुक्तानी लिएका ग्राहकले भने सोही नम्वरवाट अन्यकुनै सव–एजेन्टको काउन्टरमा गएर आवेदन गरेमा सिमकार्ड लिन सक्नेछन् ।

सिमकार्ड लिनको लागि विदेशवाट आफन्तले उपलब्ध गरेको पैसा भुक्तानी लिने कोड नम्बरको साथमा ग्राहक आवेदन फारम, एक प्रतिफोटो र परिचयपत्र अनिवार्य हुने छ । पैसा लिने व्यक्तिको नाम बाहेक अन्य व्यक्तीको नाममा सिमकार्ड दर्ता गरिने छैन । योजना अवधि भरमा करिव ३ लाख सिम तथा रिम कार्ड वितरण गर्ने लक्ष्य रहेको कम्पनीद्वारा विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL