Logo

ग्लोबल आईएमई र ट्रान्सफास्ट वल्डवाईडबीच सम्झौता, १२० देशबाट रेमिट्यान्स पठाउन सकिने

ग्लोबल आईएमई र ट्रान्सफास्ट वल्डवाईडबीच सम्झौता, १२० देशबाट रेमिट्यान्स पठाउन सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्लोबल आईएमई बैंक र ट्रान्सफास्ट वल्ड वाईड मनि ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ । आज एक कार्यक्रमबीच उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली र ट्रान्सफास्ट वल्ड वाईड मनि ट्रान्सफरको तर्फबाट निर्देशक समिर भिदहाटेले हस्ताक्षर हस्ताक्षर गरे ।
सम्झौता अनुसार अब विश्वका १ सय २० देशहरुमा रहेका ट्रान्सफास्ट वल्ड वाईड मनि ट्रान्सफरका एजेन्टहरु मार्फत ग्लोबल आइएमई बैंकमा पैसा पठाउन सक्ने छन् । यसरी पठाएको पैसा ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखा तथा बैंकले नियुक्त गरेका व्यसायीक प्रतिनिधिहरु मार्फतबाट भुक्तानी लिन सकिने छ ।

ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै युएई, कतार, बहराईन, इण्डिया, अष्ट्रेलिया, जापान, मलेसिया, दक्षिण कोरीया लगायतका मुलुकहरुका बैंक तथा एक्स्चेञ्ज हाउसहरुसंगको सहकार्यमा रेमिट्यान्स कारोबारलाई विशेष प्राथमिकतामा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL