Logo

कर्मचारी नियुक्तीमा भारतीय कम्पनी अगाडी, यस्ता छन् उत्कृष्ट १०राष्ट्र

कर्मचारी नियुक्तीमा भारतीय कम्पनी अगाडी, यस्ता छन् उत्कृष्ट १०राष्ट्र


बिजखबर संवाददाता
0
Shares

भारत विश्वकै रोजगारीको बढी अवसर भएको राष्ट्रमा परेको पाइएको छ । हालै गरिएको एक सर्भेले भारतका कम्पनीहरु रोजगारी दिनेमा अन्य राष्ट्र भन्दा अगाडी परेको देखाएको छ ।

विश्वकै सवैभन्दा बढी जनशक्ति भर्ती गराउनेमा भारतीय कम्पनीहरु अगाडी रहेको सो अध्ययनले देखाएको हो । अध्ययन अनुसार भारतमा कर्मचारीहरुका लागि अप्रिल र जुन बढी काम पाइने सिजन हो ।

अनुसन्धानका क्रममा म्यानपावर समुहले ३ महिनामा ४२ राष्ट्रका ५९ हजार रोजगारदाताहरुलाई कर्मचारी नियुक्त गर्ने बिषयमा प्रश्न गरेका थिए । जसमध्ये भारत सवैभन्दा अगाडी देखिएको हो ।
कर्मचारी भर्ती गराउनेको दोश्रोमा जापान परेको सो अध्ययनले देखाएको छ ।

त्यस्तै ताइवान, कोलम्विया, अमेरिका क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा रहेका छन् । Untitled

भारतका ४८ प्रतिशत कम्पनीले कर्मचारी बढाउने योजना बनाएको पाइएको छ । २३ प्रतिशतले स्थिर र ९ प्रतिशतले घटाउने बारेमा सोच्ने गरेको अध्ययनले देखाएको हो । एजेन्सि

 

प्रतिक्रिया दिनुहोस्