Logo

ग्लोबल आइएमई बैंक र एस बैंकबीच सम्झौता, भारतबाट रेमिट्यान्स भित्र्याउन सहयोग

ग्लोबल आइएमई बैंक र एस बैंकबीच सम्झौता, भारतबाट रेमिट्यान्स भित्र्याउन सहयोग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्लोबल आईएमई बैंकले भारतमा कार्यरत नेपालीहरुलाई सहज रुपमा रेमिट्यासन्स पठाउनका लागि भारतको एस बैंकसँग सम्झौता गरेको छ । भारतबाट बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स भित्र्याउने उद्देश्य अनुरुप उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञावली र एस बैंक भारतका ग्रुप प्रेसिडेन्ट अरुण  अग्रवाल तथा सिनियर प्रेसिडेन्ट ऋतेश पाईले हस्ताक्षर गरे । उक्त सम्झौतासँगै धेरै नेपालीहरु रहेको भारतमा यस रेमिट्यान्स सेवाबाट आफूले आर्जन गरेको रकम पठाउन छिटो र सरल हुने छ ।

उक्त सम्झौता अनुसार इण्डियामा स्थित एस बैंकको ४० हजार वटा एस मनि सर्भिसका एजेन्टबाट सिधै रेमिट्यान्स पठाउन सकिने छ भने पठाएको रकम ग्लोबल आइएमई बैंकको कुनैपनि शाखा कार्यालय वा देश भरि रहेका कुनैपनि आइएमई एजेन्ट वाट भुक्तानी लिन सकिने छ । हाल ग्लोबल आइएमई बैंकले इण्डियामा यूनाइटेड बैंक अफ इण्डिया  र इण्डस्ट्रियल बैंक अफ इण्डियामार्फत रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्लोबल आइएमई बैंकले आफनो स्थापनाकाल देखिनै कतार, यु.ए.ई., बहराइन, भारत, मलेसिया, कोरिया, जापान, अष्ट्रेलिया लगायत विश्वका विभिन्न मुलुकहरुको बैंक र एक्स्चेन्ज हाउसहरुसँगको सहकार्यमा रेमिट्यान्स कारोवारलाई विशेष प्राथमिकतामा राखी सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्