Logo

लोकसेवाले माग्यो ५५१ जना अधिकृत, प्रशासन सेवामा मात्रै ३४३ जना

लोकसेवाले माग्यो ५५१ जना अधिकृत, प्रशासन सेवामा मात्रै ३४३ जना


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । लोक सेवा आयोगले ५ सय ५१ जनाका लागि रोजगारी खुला गरेको छ । आयोगले विभिन्न सेवामा अधिकृतस्तरका कर्मचारीको माग गरेको हो । जसमा व्यवस्थापिका संसद, न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण सेवाका लागि आवदेन माग गरिएको छ ।

आयोगले राजपत्रांकित तृतिय श्रेणीको अप्राविधिक (खुला तथा समावेशी ) पदहरुको संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत प्रतियोगितात्मक लिखित परिक्षाका लागि विज्ञापन खुलाएको हो ।

आयोगले खुलातर्फ ३१०, महिला ७९, आदिवासी जनजाती ६४, मधेसी ५५ दलित २२, अपाङ १५ र पिछडिएको क्षेत्रकोको ६ जनाका लागि आवेदन माग गरेको हो । जसमध्ये आयोगले ८२ पदमा पुनः आवेदन माग गरेको छ ।

सवैभन्दा बढी आवेदन समान्य प्रशासन सेवा अन्तरगत माग गरेको छ । कुल ५ सय ५१ मध्ये ३ सय ४३ जनाको आवेदन समान्य प्रशानस समुह अन्तरगत रहेको छ ।

यसपटक आयोगले अनलाइनबाट मात्र फारम भर्न पाउने व्यवस्था गरसेको छ । आयोगको वेवसाइट मार्फत २०७२ साल पौष १४ गतेसम्म आवेदन दिन भर्न सकिने छ । यसैगरी, दोब्बर दस्तुर तिरेर पुस २१ गतेसम्म आवदेन बुझाउन सकिने आयोगले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्