काठमाडौं । गणित विषयलाई अझै पनि परम्परागत रूपमा नै पढाउने गरिएको छ । गणितलाई प्रायः जसो कण्ठ गराउँदै र विभिन्न फर्मुलाहरूमा केन्द्रित भइ पढाउने गरिन्छ । त्यसले विद्यार्थीहरुमा गणितप्रति इच्छा जाग्नु भन्दा डर उत्पन्न गरिरहेको छ । त्यसैले विद्यार्थीहरूलाई वास्तविक जीवनमा गणितको प्रयोगलाई प्रोत्साहित गर्न इम्बार्क अनम्याथले फरक तरिका ल्याएको छ । गणितलाई संगीत, कला, वास्तुकला र खेलकुदसँग जोड्दै गणितलाई केवल एउटा विषय मात्र नभई दैनिक जीवनको अभिन्न हिस्सा बनाउने लक्ष्य लिएको छ ।
प्रकृतिदेखि हाम्रा हरेक वित्तीय निर्णयहरूका पछाडि गणितको तर्क जोडिएको हुन्छ । तर परम्परागत शिक्षण प्रक्रियाले उक्त कुराहरुलाई जोड्न सकिरहेको छैन । इम्बार्क अनम्याथले भने उक्त समस्यालाई औँल्याउँदै विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान सिकाउँछ जसले उनीहरूलाई गणितले कसरी हाम्रो संसारलाई आकार दिन्छ भन्ने बुझ्नमा मद्दत पुर्याउँछ ।
परम्परागत शैक्षिक प्रणालीमा हाबी रहेको नेपालमा इम्बार्क अनम्याथको नयाँ तरिकाले राम्रो प्रतिक्रिया प्राप्त गरेको छ । यो कार्यक्रम अपनाएका स्कुलहरुले गणितमा विद्यार्थीको संलग्नता बढ्नुका साथै उनीहरुको आत्मविश्वासमा सुधार भएको बताएका छन् । अफ्ठ्यारा फर्मुलाहरूको सट्टा वास्तविक जीवनमा लागु हुने प्रयोगहरूमा ध्यान केन्द्रित गरेर विद्यार्थीहरूलाई गणितको डर हटाउन र समस्या समाधान गर्ने सीपहरू सिकाउन इम्बार्क अनम्याथले मद्दत गर्दछ ।
धेरैलाई लाग्छ कि गणित केवल प्रतिभाशाली विद्यार्थीहरूको लागि हो । इम्बार्क अनम्याथ यस विचारलाई चुनौती दिँदै गणितलाई तर्क र रचनात्मकतामा सहयोग पुर्याउने माध्यम बनाउन चाहन्छ । विद्यार्थीहरूले प्रकृतिका ढाँचाहरू पहिचान गर्दा होस्, खेलकुद रणनीतिहरू विश्लेषण गर्दा होस् वा संगीतको पछाडिको गणित गर्दा होस्, इम्बार्क अनम्याथले दैनिक जीवनको एक हिस्सा गणित हो भन्ने देखाउँछ ।
इम्बार्क अनम्याथको अध्यापन तरिकाले आलोचनात्मक सोचको क्षमता पनि विकास गर्न मद्दत गर्छ । वास्तुकला मार्फत ज्यामिति सिक्न वा खेलकुद मार्फत तथ्याङ्कहरु बारे बुझ्नलाई विद्यार्थीहरुले गणितको उपयोग गर्न सक्नेछन् । यसले गणितलाई अलग–अलग फर्मुलाहरूको भन्दा पनि समस्या समाधान गर्ने साधनका रुपमा परिवर्तन गर्न मद्दत गर्नेछ ।
इम्बार्क अनम्याथले कण्ठ गर्ने वा सधैं सही उत्तर नै निकाल्न पर्छ भन्ने मान्यताले उत्पन्न गर्ने गणित विषयको मानसिक तनावसँग पनि लड्न मद्दत गर्छ । इम्बार्क अनम्याथका माध्यमले कठिन अभ्यासको साटोमा अन्तरक्रियात्मक र वास्तविक संसारका अध्ययन अनुभवहरूलाई प्रोत्साहन गरेर विद्यार्थीहरू गणितको डरलाई जिज्ञासामा परिवर्तन गर्न सक्षम हुनेछन् ।
इम्बार्क अनम्याथको सफलताले यो दृष्टिकोण अब नेपालभर बिस्तार हुँदै जाने सम्भावना झनै बढेको छ । यस संस्थाले सरकार र शैक्षिक बोर्डहरूसँग सहकार्य गरी गणितको यो फरक अध्ययन माध्यमलाई मुख्य पाठ्यक्रममा समावेश गर्ने लक्ष्य राखेको छ । गणित परम्परागत शिक्षाबाट परिवर्तन भएर जिज्ञासा, अन्वेषण र वास्तविक संसारको बुझाइमा प्रयोग हुनेछ भन्ने इम्बार्क अनम्याथले विस्वास लिएको छ । इम्बार्क अनम्याथ विद्यार्थीहरूलाई आखिरमा “म गणितलाई हरेक ठाउँमा देख्न सक्छु” भन्नेसम्म बनाउन चाहन्छ ।