काठमाडौँ । ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई दिदै आएको २ अर्ब डलरभन्दा बढीको संघीय कोष रोकेको छ । प्रतिष्ठित कलेजले ह्वाइट हाउसको मागहरूको सूची अस्वीकार गरेपछि केन्द्र सरकारले दिदै आएको सहयोग रोकिएको बताइएको छ ।
ट्रम्प प्रशासनले भने राष्ट्रको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालय र कलेजहरूमा व्याप्त विचलित गर्ने अधिनायकवादी मानसिकतालाई प्रतिबिम्बित गरेको टिप्पणी गरेको छ । यसअघि, ह्वाइट हाउसले हार्वर्डलाई मागहरूको सूची पठाएको थियो । जुन प्रमुख रुपमा विश्वविद्यालय क्याम्पसहरूमा यहूदी विरोधी भावनाविरुद्ध लड्न, विश्वविद्यालयको प्रशासन, भर्ना र नियुक्ति प्रक्रियामा परिवर्तन लगायतमा केन्द्रित थिए
हार्वर्डले यी मागहरूलाई दृढतापूर्वक अस्वीकार गरेको बताइएको छ । विश्वविद्यालयले ह्वाइट हाउसले आफ्नो समुदायमाथि नियन्त्रण कायम गर्ने प्रयास गरिरहेको आरोप लगाएको छ ।