Logo

मेडिकल कलेजको सिट संख्या बढाउन ज्ञापन पत्र, प्रति कलेज २०० विदेशी विद्यार्थी भर्ना गर्न दिन माग

मेडिकल कलेजको सिट संख्या बढाउन ज्ञापन पत्र, प्रति कलेज २०० विदेशी विद्यार्थी भर्ना गर्न दिन माग



काठमाडौं । नेपालमा मेडिकल शिक्षाको सिट संख्या वृद्धि गर्न एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले माग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन ।

नेपालमा सञ्चालनमा रहेका मेडिकल कलेजलाई प्रति कलेज २०० विदेशी विद्यार्थी भर्ना गर्न पाउने व्यवस्था गर्न शिक्षा मन्त्रीसँग माग राखेको जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, हाल नेपालमा चिकित्सा विषयमा ७६५९ (एमबीबीएसको १८९५, बीडीएसको ५६०, विएसस्सी नर्सिङको १३५०, एएनएसको १३१० र अन्य प्यारामेडिकलमा २५४४) सिट संख्या तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL