Logo

एसईईको नतिजा यसै साता आउने, यसरी हेर्न सकिन्छ रिजल्ट

एसईईको नतिजा यसै साता आउने, यसरी हेर्न सकिन्छ रिजल्ट



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यसै साता माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले सोमबार सूचना जारी गर्दै एसईई नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरिएको जानकारी दिएको छ ।

२०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण विभिन्न वेबसाइट, एसएमएस र आईभीआर हेर्न सकिने सूचनामा उल्लेख छ । परीक्षा नियन्त्रण कार्यालयले रिजल्ट प्रकाशित गर्नको लागि १० वटा वेबसाइट र पाँच वटा संस्थालाई एसएमएस र आईभीआरबाट रिजल्ट प्रकाशित गर्न अनुमति प्रदान गरेको छ ।

हेर्नुस् परीक्षा बोर्डको सूचना

प्रतिक्रिया दिनुहोस्
MBL