Logo

सामाजिक उद्यमशीलता सम्वन्धी अन्तरराष्ट्रिय सम्मेलन असार १६ देखि, सम्पूर्ण तयारी पुरा

सामाजिक उद्यमशीलता सम्वन्धी अन्तरराष्ट्रिय सम्मेलन असार १६ देखि, सम्पूर्ण तयारी पुरा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सामाजिक उद्यमशीलता सम्वन्धी अन्तरराष्ट्रिय सम्मेलनको तयारी पुरा भएको छ । सोमवार एक पत्रकार सम्मेलनवीच सो कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिइएको हो । सम्मेलन किङग्स कलेजको आयोजनामा असार १६ र १७ गते होटल हायातमा हुने भएको छ । सामाजिक उद्यमबारे जनचेतना जगाउनेका साथै त्यसतर्फ युवाहरुलाई प्रोत्साहित गर्नुपनि सम्मेलनको उद्देश्य रहने बताइएको छ ।

सम्मेलनमा ३० ओटा भन्दा बढी सामाजिक उद्यमका उद्यमीहरुको कथा प्रस्तुत गरिने बताइएको छ । साथै विश्वभरिबाट ६ विख्यात वक्ताहरुले प्रस्तुती दिनेछन् ।
सम्मेलनले सामाजिक उद्यमको क्षेत्रको विकास तथा बृद्धिका लागि सञ्जाल निर्माणको अवसर खोजिरहेको व्यक्तिहका लागि अवसर भएको किङ्स कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्यालले जानकारी दिए । नेपाल र दक्षिण एसियामा सामाजिक उद्यमशीलता विकास गर्नमा भुमिका खेलेका व्यक्ति तथा संस्थाहरुलाई एकै छानामुनी ल्याउने उद्देश्य रहेको उनले बताए ।

सामाजिक उद्यमशिलताको स्पष्ट परिभाषाबारे धेरै अनभिज्ञ रहेको फ्याक्ट नेपालका मनिस झाले बताए । साथै सम्मेलनले त्यसवारे जानकारी दिनुका साथै विदेशमा भएका सामाजिक उद्यमशिलताका कार्यक्रम तथा नेपालमा कार्यन्वयनमा समेत सघाउ पुग्ने बताए ।

पत्रकार सम्मेलनमा कलेजका अध्यक्ष सोम पुडासैनीले उद्यमशिलतामा चुनौती र नाफा दुवै हुने भन्दै सामाजिक उद्यमशिलतामा सिर्जना समेत थपिने बताए । सम्मेलनमा टाटा इनिस्टच्युट अफ सासल साइनसको स्कुल अफ म्यानेजमेन्ट एण्ड लेबर स्टडिजमा रहेका सामाजिक उद्यमशीलता केन्द्रका अध्यक्ष प्राध्यापक सत्यजित मजुमदार,बेलायतको एस्सेक्स विजिनेस स्कुलको अन्तरराष्ट्रिय विकास विभागका निर्देशक प्रध्यापक जयमित्र, एप्पल इन्कका सिद्धार्थ राझन्सलगायत सहभागी हुँदैछन् ।

सम्मेलनमा ३ सयभन्दा बढीको सहभागीता रहने बताइएको छ । सम्मेलनमा सामाजिक उद्यमशीलता उपर नेपालमा गरिएको पहिलो प्रमुख शोधको नतिजा सार्वजनिक गरिने बताइएको छ ।

सोसल इन्टरप्राइज एक्टिभेसन (एसइए) द्वारा प्रमाणित तथा किङ्गस् कलेजद्वारा गरिएको उक्त शोधले नेपालमा सामाजिक उद्यमको अवस्थाका बारेमा प्रकाश पार्ने छ । यस क्षेत्रमा कार्य गर्नेहरूले सामाजिक उद्यमलाई कसरी व्याख्या र विश्लेषण गर्छ भन्ने कुरालाई प्रकाश पार्न मद्दत गर्ने आयोजकको विश्वास छ ।

सम्मेलनलाई आइक्यापिटल, वान टु वाच, एसइए सेन्टर, दायित्व फाउण्डेसन, काठमाण्डौँ विश्वविद्यालइन्कुवेशन सेन्टर, चेन्जफ्युजन,  फ्याक्ट्स नेपाल, अन्तरप्रेरणा, मोनन, आइएमइ रेमिट, आइडिया एण्ड सोलुसन्स्, उद्योग मन्त्रालय, स्प्यारो एसएमएस, फोर सिजन ट्राभल, युवाअभियान, उज्यालो फाउण्डेसन, एनबीआई, इन्टरप्राइज, बाजेको सेकुवा र एनवाइईएफलगायतले सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL