Logo

साउन १६ देखि ११ कक्षाको पढाई शुरु गर्न निर्देशन,१२ को भर्ना साउन १ गतेभित्र

साउन १६ देखि ११ कक्षाको पढाई शुरु गर्न निर्देशन,१२ को भर्ना साउन १ गतेभित्र


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषदले आगामी साउन १६ गतेभित्रै ११ कक्षाको पढाइ सुरु गर्ने गरी शैक्षिक कार्यातालिका सार्वजनिक गरेको छ ।

परिषद्ले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै साउन १५ गतेभित्रै भर्ना गरी १६ गतेदेखि कक्षा सञ्चालन गर्न सबै क्याम्पस र विद्यालयलाई निर्देशन दिएको हो ।

यस्तै कक्षा १२ को भर्ना साउन १ गतेभित्र गरेर २ देखि कक्षा सञ्चालन गर्ने समेत सूचनामा उल्लेख गरिएको छ । जसअनुसार विद्यार्थीले भदौभित्र परिषद्को लागि रजिष्ट्रेशन फारम भर्नुपर्नेछ । साथै माघ १ गतेदेखि परीक्षा फारम भरिनेछ ।

माघ महिनाभरि फारम भर्ने समय तोकिएको छ । कक्षा ११को भर्ना २०७४को अन्तिम हप्तामा सञ्चालन हुनेछ भने १२को दोस्रो सातामै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्