Logo

गणितमा प्रविधिको प्रयोग विषयक अन्तरक्रिया सम्पन्न, ५० शैक्षिक संस्था सहभागी

गणितमा प्रविधिको प्रयोग विषयक अन्तरक्रिया सम्पन्न, ५० शैक्षिक संस्था सहभागी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ‘एसएलसी परीक्षामा अक्षराङकन पद्धती तथा संशोधित शिक्षा ऐन तथा गणित विषयमा प्रविधिको प्रयोग विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जनमैत्री बहुमुखी क्याम्पसले आयोजना गरेको सो कार्यक्रममा ५० ओटा शैक्षिक संस्थाका ८१ जना प्रतिनिधि सहभागी थिए ।

अक्षरांकन पद्धती तथा संशोधित शिक्षा ऐन २०७३ का सन्दर्भमा शिक्षा विभागका उपनिर्देशक नारायण श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यस्तै गणित विषयमा प्रविधिको प्रयोग विषयमा त्रिभुवन विश्वविद्यालयका शिक्षाशास्त्र केन्द्रीय विभागका उपप्रध्यापक बेदप्रसाद ढकालले प्रस्तुती दिएका थिए ।

कार्यक्रममा क्याम्पस प्रमुख भोलानाथ ओझाले पनि मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL