Logo

शिक्षामा रु.९६ अर्व २० करोड बजेट, प्रत्येक प्रदेशमा पोलिटेक्निक इन्स्टिच्यूट स्थापना गरिने

शिक्षामा रु.९६ अर्व २० करोड बजेट, प्रत्येक प्रदेशमा पोलिटेक्निक इन्स्टिच्यूट स्थापना गरिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आगामी आर्थिक बर्ष शिक्षा क्षेत्रका लागि सवैभन्दा धेरै ९६ अर्व २० करोड बजेट विनियोजन गरिएको छ । शनिवार अर्थमन्त्री विष्णु पौडेलले सो बजेट वक्तव्य प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।

विशेषगरी आधारभुत शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने उद्देश्यका साथ बजेट विनियोज गरिएको बताइएको छ ।

त्यस्तै विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यन्वयन गर्नका लागि २६ अर्व २५ करोड विनियोजन गरेको छ । त्यस्तै सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन अध्यापनको विभेद हटाउन शैक्षिक गुणस्तर सुधार कार्यक्रम अभियान सञ्चालन गर्ने भएको छ । विद्यालयमा सूचना तथा विद्यालयमा स्मार्ट बोर्ड राखिने छ ।

सरकारले एक प्रदेश एक मेडिकल कलेजको अवधारणा अनुरुप आगामी आव बर्दिबास,बुटवल,सुर्खेतमा मेडिकल कलेज स्थापना प्रारम्भ गरिने । सवै प्रदेशमा पोलिटेक्निक इन्स्टिच्यूट स्थापना गर्ने घोषणा गरेको छ ।

त्यस्तै कृषि कयाम्पसहरु क्रमशः सवै जिल्लामा स्थापना गरिने बताइएको छ । आगामी बर्ष झापाको गौ।ादहमा त्रिभुवन विश्वविद्यालयको सम्वन्धनमा कृषि क्याम्पस स्थापना गरिने भएको छ । स्नातक र सो भन्दा माथिको शिक्षा आर्जन गर्न चाहने विद्यार्थीहरुका लागि शैक्षिक प्रमाणपत्रको आधारमा निव्र्याजी ऋण उपलब्ध गराउने व्यवस्था मिलाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL