Logo

स्प्यारो एसएमएस र राष्ट्रिय परीक्षा बोर्डबीच साझेदारी, एसइईको नतिजा एसएमएसमार्फत सहजै हेर्न सकिने

स्प्यारो एसएमएस र राष्ट्रिय परीक्षा बोर्डबीच साझेदारी, एसइईको नतिजा एसएमएसमार्फत सहजै हेर्न सकिने



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसइइ विद्यार्थीहरुलाई एसइइ २०७८र७९ को नतिजा हेर्नको लागि एसएमएस सेवा उपलब्ध गराउन स्प्यारो एसएमएससँग सम्झौता गरेको छ । यससँगै एसइई दिएका विद्यार्थीले एसएमएसमार्फत नतिजा हेर्न सक्नेछन् ।

स्प्यारो एसएमएस आधिकारिक एसएमएस सेवा प्रदायक हो र एक दशक देखि प्रत्येक वर्ष एसइईको नतिजा प्रकाशित गर्दै आएको छ। यो साझेदारीसँगै अब नेपालभरका विद्यार्थी र अभिभावकहरूले सजिलै र सहज रूपमा एसएमएसमार्फत एसइईको नतिजा हेर्न सक्नेछन्।

‘विद्यार्थी र उनीहरूको नतिजा बीचको दूरी कम गर्ने उद्देश्यका साथ, स्प्यारो एसएमएसले परीक्षाको नतिजा सीधै मोबाइल फोनमा उपलब्ध गराउँछ। विगत १० वर्षदेखि देशभरका विद्यार्थीहरूले यस सेवाबाट लाभान्वित हुँदै आएका छन्’, जानकी टेक्नोलोजी (स्प्यारो एसएमएस) का मुख्य कार्यकारी अधिकारी, मनोज थापाले बताए ।

SEE (SLC) को नतिजा २०७८/२०७९ एसएमएस मार्फत कसरी हेर्ने ?

तपाईको SEE (SLC) को नतिजा २०७८/२०७९ को SMS मार्फत हेर्नको लागि  निम्न चरणहरू पालना गर्नुहोस्:

1. आफ्नो मोबाइलको SMS बाकसमा जानुहोस्

२. नयाँ SMS लेख्नुहोस्

3. आफ्नो Symbol नम्बर टाईप  गरेर एउटा Space दिनुहोस्

4. 35001 मा SMS पठाउनुहोस्

Video Link: https://youtu.be/Py7qkpmgzks

प्रतिक्रिया दिनुहोस्
MBL