Logo

स्टडी ग्रपले सुरु गर्‍यो​ इनोभेटिभ एक्सेलेरेटेड प्रि–मास्टर्स कार्यक्रम

स्टडी ग्रपले सुरु गर्‍यो​ इनोभेटिभ एक्सेलेरेटेड प्रि–मास्टर्स कार्यक्रम



काठमाडौँ । स्टडी ग्रपले इनोभेटिभ एक्सेलेरेटेड प्रि–मास्टर्स कार्यक्रम सुरु गरेको छ । ग्रपले बेलायतमा स्नातकोत्तर गर्ने विद्यार्थीका लागि इनोभेटिभ एक्सेलेरेटेड प्रि–मास्टर्स कार्यक्रम सुरु गरेको हो ।

यो कार्यक्रमले सिकाइलाई प्राथमिकता दिनुका साथै विद्यार्थीहरूलाई अन्तरक्रियात्मक अनुभव प्रदान गर्ने ग्रुपले जनाएको छ । ग्रुपका प्रमुख कार्यकारी अधिकृत एम्मा ल्यान्कास्टरले भने,“नयाँ अनलाइन एक्सेलेरेटेड प्रि–मास्टर्स कार्यक्रमले विद्यार्थीहरूलाई विश्वको जुनसुकै ठाउँबाट आफ्नो शैक्षिक यात्रा सुरु गर्न सक्षम बनाउँछ । यूकेमा स्नातकोत्तर अध्ययनको लागि सजिलो बनाउँछ ।“

यो कार्यक्रम बेलायतको अक्सफोर्ड विश्वविद्यालय, अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालय लगायतले प्रयोग गरी सकेका छन् । स्टडी ग्रुपका प्रडक्ट डिरेक्टर नताली क्र्यानले भने,“हामी नयाँ डिजिटल शिक्षालाई विस्तार गर्न पाउँदा खुसी छौं । अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आवश्यकतालाई ध्यानमा राखेर सिर्जना गरिएको हाम्रा अनलाइनप्रि–मास्टर्स कार्यक्रम मान्यता प्राप्त छन् र विद्यार्थीको आफ्नै कम्प्युटर, ल्यापटप, ट्याब्लेट वा मोबाइल फोन मार्फत संसारको जुनसुकै ठाउँबाट लिन सकिन्छ ।“

प्रि–मास्टर्स पाठ्यक्रमहरू अन्तर्राष्ट्रिय शिक्षाका विशेषज्ञबाट सिकाइने जनाइएको छ । विद्यार्थीहरूले विभिन्न सिकाइको अनुभव गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL