Logo

कोरोना महामारीसँगै आएको हाइब्रिड शिक्षा पद्धति, नेपालको अवस्था के ?

कोरोना महामारीसँगै आएको हाइब्रिड शिक्षा पद्धति, नेपालको अवस्था के ?



काठमाडौं । विश्वले कोरोना भाईरस महामारीको दोस्रो भेरियन्ट फेस गरिरहेको छ । पहिलो पटक देखि नै सचेत भईसकेको विश्वलाई हरेक काम र कुरामा अझै सचेत हुनपर्छ भन्ने दोस्रो भेरियन्टले देखाएको छ । अर्थात विश्वका प्राःय देशहरुले सकेसम्म मानिस आफै उपस्थिती हुनुपर्ने कामहरुलाई डिजिटाईज्ड गर्नेतर्फ आफुलाई मोडिरहेका छन् ।

यसै प्रक्रियामध्ये सबैभन्दा महत्वपुर्ण कार्य भनेको शिक्षलाई डिजिटाईज्ड गर्नु प्रमुख मानिएको छ । अर्थात विश्वका धेरै देशहरुले कोरोना भाईरसका कारण स्कुले बालबालिकाहरुलाई बढि नै असर पर्ने देखिएपछि विद्यालय पुनः सुचारु गर्न हाईब्रीड शिक्षा पद्धतिलाई अपनाएका छन् ।

तर, के हो त हाईब्रीड शिक्षा पद्धति ?

हाईब्रीड शिक्षा पद्धति पछिल्लो समय डिजिटल माध्यमको विकास हुँदै गएपछि धेरै देशहरुले अवलम्बन गरेको एक पद्धति हो । जसमार्फत सिकाईका विधालाई डिजिटल माध्यमसँगै शारिरिक उपस्थिती पनि जनाउने गरी सिकाईने विधि हो । यो कुनै नयाँ विधि भने होईन । धेरै देशहरुले पछिल्लो केही बर्षदेखि यो विधिलाई अपनाउन खोजिरहेका छन् ।

केहि विकसित देशहरुले भने यो विधिलाई विभिन्न ३ तरिकाले छुट्याएका छन् । जसमा समय, स्थान र अन्तरक्रियालाई प्रमुख रुपमा लिईएको छ । अर्थात कुनै निश्चित समय या विभिन्न समयमा यस्तो सिकाईको उपयोग गर्न सकिन्छ । यस्तै कुनै निश्चित स्थान वा जुनसुकै स्थानका लाभग्राहीसँग एकैचोटी या फरकफरक समयमा कम समयको सदुपयोग गर्दै यस्तो सिकाईको व्यवस्था गर्न सकिने अवस्था रहन्छ । साथै निश्चित समय र निश्चित स्थान एवं लाभग्राही मात्रै जोसँग पनि अन्तरक्रियाको ढोका खुल्ला हुने यस्तो विधिमा बताईएको छ । यस्तो विधिमा कुनै लाभग्राही कुनै निश्चित समयमा निश्चत स्थानमा पुग्न नसकेको अवस्थामा पनि आफुलाई आवश्यक सिकाई ग्रहण गर्ने वा दिन सकिने अवस्था रहन्छ । हाईब्रीड शिक्षा पद्धतीले परम्परागत शिक्षासँगै नयाँ प्रविधिसहितको शिक्षा पद्धतीलाई आत्मसात गरेको छ ।

हाल इस्टोनीया, उरुग्वेलगायत देशहरुले हाइब्रीड शिक्षा पद्धतीको सुरुवात गरिसकेका छन् । उक्त देशहरुमा माथी उल्लेखित सबै प्रकासको शिक्षा पद्धती लागु भएको देखिन्छ । त्यहाँका विद्यार्थी तथा शिक्षकहरुले आफुलाई जस्तो मन पर्छ त्यस्तै तरिकाले शिक्षा लिने वा दिने गरेका छन् । यस्तै क्यामरुन र नाईजेरियाले भने सकेसम्म विद्यार्थी र शिक्षकको कम उपस्थिती हुनेगरी सिकाई प्रदान गर्न सकिने विधि लागु गरेका छन् । साथै पेरु, कम्बोडिया, रवाण्डा, ब्राजिल, सियरा लिओन, मलवीलगायत देशमा पनि भरपुर मात्रामा हाइब्रीड शिक्षा पद्धती अंगालिएको देख्न सकिन्छ ।

यसरी कुनै निश्चित समयमा सिकाईएको कुरालाई डिजिटल माध्यममार्फत एकै चोटी धेरै जनासम्म पुर्याउन पनि सकियो भने यसलाई हाईब्रीड विधि भन्न सकिन्छ । अर्थात कुनै कक्षाकोठामा पढाईएको कुरालाई देशभरीका कक्षाकोठा सँगै घरमा बसिरहेको विद्यार्थीसम्म पुर्याएन सकियोस । जसलाई हालको नयाँ प्रविधिले ठुलो सहयोग पुर्याएको छ ।

यसमार्फत कुनै कक्षाकोठामा दैनिक खेर जाने समय हाईब्रीड शिक्षा पद्धतीमा बच्ने विज्ञहरु बताउँछन् । यस्तै यसमार्फत सक्दो समयको बचत हुने सम्भावना रहन्छ । साथै विद्यार्थीहरुलाई पनि नबुझेका कुरा पुनः स्वअध्ययन गरी बुझ्न पाउने विकल्पहरु यसमा प्रशस्तै हुन्छन् । जुन हालको परम्परागत शिक्षा पद्धतिमा हुँदैन ।

नेपालमा पनि यसको भरपुर प्रयोगलाई जोड दिनेगरी सरकारले नै पछिल्लो समय निर्णय गरेको छ । अर्थात गत साता बसेको मन्त्रिपरिषद बैठकले नै सबै विद्यालयहरुलाई अनलाईनमार्फत शिक्षा प्रदान गर्नेगरी व्यवस्था मिलाउन निर्देशनसमेत दिएको थियो । जसमा विद्यार्थी र शिक्षकको शारिरिक उपस्थितीबिनै आफ्नो आफ्नो स्थानमा बसेर आवश्यक ज्ञान लिन सकियोस । गत बर्ष पनि धेरै विद्यालयहरुले आफ्ना विद्यार्थीहरुलाई अनलाईनको माध्यमबाटै पठनपाठन गरेका थिए भने सरकारले पनि रेडियोबाटै विद्यार्थीलाई ज्ञान दिने अभियानै चलाएको थियो । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्