Logo

प्रचण्ड–माधब समुहको हड्तालको विरोधमा निजी क्षेत्र, बन्द हड्ताल रोकी स्थिरता कायम गर्न महासंघ, चेम्बर र सीएनआईको माग

प्रचण्ड–माधब समुहको हड्तालको विरोधमा निजी क्षेत्र, बन्द हड्ताल रोकी स्थिरता कायम गर्न महासंघ, चेम्बर र सीएनआईको माग



काठमाडौं । । पुष्मकल दाहाल (प्रचण्ड) र माधव नेपाल (प्रचण्ड–माधव) सुमहले आमहड्तालको घोषणा गरेसँग निजी क्षेत्र त्यसको विरोधमा उत्रिएका छन् । कोभिड १९ महामारीका कारण संकटमा रहेको अर्थतन्त्रलाई राजनीतिक अस्थिरता र बन्द हडताल जस्ता गतिविधिले थप जोखिममा पार्ने भन्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले तत्काल बन्द हड्तालका राजनीतिक गतिविधी रोकी स्थिरता कायम गर्न आग्रह गरेका छन् ।

निजी क्षेत्रका तीनवटै छाता संगठनले आज विज्ञप्ती जारी गरी बन्द हड्तालका कार्यक्रम तत्काल फिर्ता लिन प्रचण्ड माधव समुहलाई आग्रह गरेका हुन् । चालु आर्थिक बर्षको दोस्रो त्रैमासबाट विस्तारै लयमा फर्किन थालेको अर्थतन्त्रलाई पछिल्लो समय बिकसित राजनीतिक घटनाक्रमले गम्भीर नकारात्मक असर पार्ने समेत निजी क्षेत्रको ठहर छ ।

‘विश्वव्यापी महाव्याधिले आक्रान्त सर्वसाधारण र उद्यमी व्यवसायीलाई वन्द हडताल, चक्काजाम एवं आवागमनमा अवरोध हुने किसिमका भेला सम्मेलन लगायतका गतिविधिले पेशा व्यवसायमा अवरोध भई आयआर्जनमा प्रत्यक्ष प्रभाव परेर थप पीडा दिनेछ,’ विज्ञप्तीमा भनिएको छ, ‘यस्तो बिषम परिस्थितिमा समस्याको शान्तिपूर्ण समाधान निकाल्ने विकल्प पन्छाई सर्वसाधारण र निजी क्षेत्रको काम गर्न पाउने लगायतका नैसर्गिक अधिकार कुण्ठित पार्न नहुने निजी क्षेत्रको ठहर छ ।’
बन्द हडतालका कारण साना उद्यमी व्यवसायी र दैनिक ज्यालामा गुजारा चलाउने सर्वसाधारणलाई सबैभन्दा बढि असर भन्दै निजी क्षेत्रले राजनीतिक दलहरूको ध्यानाकर्षण गराएका छन् । साजै नयाँ संविधान निर्माण पश्चात आर्थिक विकासलाई प्राथमिकतामा राखि बन्द, हडताल, चक्काजाम लगायतका गतिविधि नगर्ने सबै राजनीतिक दलहरूले प्रतिवद्धता गरेको भन्दै निजी क्षेत्रले त्यसलाई समेत स्मरण गराएको छ ।

साथै अहिलेको कठिन परिस्थिति, विगतका हाम्रा तीता अनुभव समेतलाई गम्भीररूपमा मनन गरी बन्द हड्ताल लगायतका कार्यक्रमको घोषणा गरिएको हो भने तत्काल फिर्ता लिई मुलुकलाई थप संकटमा नधकेल्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्श सबै राजनीतिक दलहरुमा अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL